धरान । गायक टंक बुढाथोकी र कविता सिवाकोटीको नयाँ गीतमा मोडल तथा नायक पल साह र बाल गायक अशोक दर्जीको ‘एक्सन÷कट’ रहेको छ ।

बुढाथोकी र सिवाकोटीको स्वरमा रहेको झिमझिम परेली बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा पल र अशोक एकसाथ देखिएका हुन् । गायक स्वयम्को शब्द, संगीत रहेको छ । एरेञ्ज भने कृष्ण विकले गरेका छन् ।

fddf

निर्देशक नितिन चन्दको निर्देशनमा बनेको भिडियोमा मोडल पल र गायक अशोकको फरक रूप देख्न सकिन्छ । पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभियानमा साथ दिएका छन् ।