श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज ६ गते मङ्गलबार, २२ सेप्टेम्बर २०२० । आश्विन शुक्लपक्षको षष्ठी तिथि २३ः०६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अनुराधा २३ः२५ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः५३ र सूर्यास्त ५ः५८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । ठूला व्यक्तिको सहयोग प्राप्त भइरहला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभसमाचार सुन्न पाइएला । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक सभा सम्मेलनमा सहभागी भइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आम्दानीका स्रोतहरू बन्द हुनेछन् । शरीर अस्वस्थ रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्राको अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । आम्दानीभन्दा खर्च अलि बढी नै हुनेछ । बन्न लागेको काममा बाधा आइपर्ला ।