सुनसरीलाई आज रातीबाट २६ गते सम्म निषेधित क्षेत्र घोषणा

alt
  • श्रावण २१, २०७७
  • अमर काफ्ले

इनरूवा ।  जिल्ला प्रशासन कार्यालय सुनसरीले आज रातीबाट २६ गते सम्म जिल्लालाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभर कोरोना संक्रमणको जोखिम थप बढ्दाे क्रममा रहेको निष्कर्श सहित सुनसरीभर लागु हुने निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ । प्रशासनले शहर बजारमा बढेको भिडले कोरोनाको जोखिम बढाएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने क्रम बढेकाले निषेधित क्षेत्र घोषणा गरिएको हो । पोखरेलका अनुसार उक्त अवधिमा अत्यावश्यक, ढुवानी र निर्माण सामग्री बोकेका सवारी साधन बाहेक अन्य सवारीका साधन संचालन गर्न पाइने छैन् ।

सो अवधिमा सर्वसाधारणको आवतजावत समेत पूर्ण बन्द रहने प्रशासनले जनाएको छ । उनले सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीलाई भने सवारी साधन सहित कार्यालय समयमा आउजाउ गर्न रोक नहुने स्पष्ट पारेको छ ।

३ दिने शिपमुलक तालिम ...

विजयपुर । धरान उपमहानगरपालिका वडा नं. ९ द्वारा सञ्चालित ...

धरान र विराटनगरमा पर ...

विजयपुर । पर्यटन व्यवसायीहरुको तानातानका कारण नेपाल पर् ...

धरान १५ का अशक्त प्य ...

धरान / धरान १५ महादेव चोक निवासी अशक्त मजदुर पुण्य प्या ...

मलको मोलमोलाईमा कुरा ...

दमक । मल व्यवसायीसँग पैसाको लेनदेनका कारण ४ जना प्रहरी ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved