• गोमा पौडेल

विश्व स्वास्थ्य सङ्गठनका अनुसार शारीरिक, मानसिक तथा सामाजिकरूपले पूर्णरूपमा तन्दुरुस्त हुनुलाई स्वास्थ्य भनिन्छ । अहिले विश्वले नै कोभिड–१९ नोवेल कोरोना भाइरसको सङ्क्रमणको सामना गरिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार जुन २६ सम्म विश्वभरि ४ लाख ८९ हजार बढी मानिसको मृत्यु, ९६ लाख ११ हजारभन्दा बढी सङ्क्रमित र नेपालमा ११ हजार १ सयभन्दा बढी सङ्क्रमित, २६ सय ५० जना उपचारपश्चात् घर फर्किसकेका छन् । विश्वजगत् नै घरभित्र बस्न बाध्य भएको छ । अर्थात् लकडाउनका कारण युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू पीडित भइरहेका छन् । अर्काे समस्या भानेको दीर्घरोगीहरू सधँै औषधि खाइरहनु पर्ने, स्वास्थ्य उपचार सेवा र सामग्रीको अभाव, रगतको अभावका, मानसिक तनावका कारण मानिसहरुको मृन्यु भइरहेको छ ।
नेपालमा युवा भन्नाले १८ वर्ष उमेरदेखि ४० वर्षको समूहलाई बुझिन्छ । नेपालको कुल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा पर्दछन् । लकडाउनमा युवाहरू के गरिरहेका छन् त ? कसरी घरमा बसिरहेका छन् ।

हाल नेपालमा सबै स्कुल तथा कलेजहरू बन्द छन् । मजदुरहरूले कार्य गर्ने उद्योग कलकारखाना बन्द छन् । विभिन्न गाउँमा काम गरी आफ्नो जीविकोपार्जन गर्ने युवाहरू घरभित्र छन् । विद्यार्थीहरूको परीक्षा रोकिएको छ । यी आदि समस्याले एकलोपनको महसुस गर्ने युवाहरू मोबाइल, इन्टरनेट धेरै चलाउने, टिभी धेरै हेर्ने तथा घरमै बस्न बाध्य छन् । युवाहरू पढाइ, रोजगारी, भविष्यको चिन्तामा मानसिक रोगी भइरहदाँ आत्महत्याका घटना बढ्दो क्रममा रहेको छ । साथै युवा तथा बालबालिका, किशोर किशोरीहरूमाथि लैङ्गिक हिंसा, जबर्जस्ती करणी, बलात्कार, मानसिक यातनासमेत भइरहेका छन् ।

हालको परिप्रेक्ष्यमा विशेषगरी महिला तथा किशोरीहरूले समस्या बढी भोग्नुपरिरहेको छ । संविधानको भाग ४ मौलिक हकअधिकार र कर्तव्यमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार ओझेलमा परेको छ । सबैजना घरमा रहँदा महिला तथा किशोरीहरू घरेलु हिंसामा परिरहेका छन् । शारीरिक तथा मानसिक यातनाको सिकार भएर उच्च मानसिक तनाव खेप्नुपर्ने बाध्यात्मक अवस्था भएको छ । घरमै भएको कारण पूर्णरूपमा शरीरप्रतिको पूर्ण अधिकार तथा स्वतन्त्रतापर्वक निर्णय लिने अधिकार प्रत्येक महिलाको हक भए तापनि यो अधिकार उपयोग गर्न नपाइरहेको अवस्था हामीमाझमा यो लकडाउनले गर्दा झन् बढेको छ ।

अझै नेपालमा यौन तथा प्रजनन् अधिकार को विषय वस्तुहरू सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व, नवजात शिशु स्याहार सेवा, प्रसूति सेवा, परिवार नियोजन सेवा, परिवार नियोजनका साधन स्वतन्त्ररूपमा चाहेको बेला चाहेको अवस्थामा यी सेवा लिन पाइरहेका छन् त ? के उनीहरूले यी सेवाको बारेमा जानकारी पाएका छन् त ?
नेपालमा सुरक्षित गर्भपतनले कानूनी मान्यता पाए पनि यो सेवाको प्रबन्धमा समस्या आइरहेको छ । सेवा चाहनेले लिन नपाउँदा असुरक्षितरूपमा पतन गर्न महिलाहरू बाध्य छन् ।
युवाहरूको भावनाको सुनुवाइ हुन आवश्यक रहेको छ । स्थानीय तथा प्रादेशिक तहका सरकार, राजनीतिक दलका नेता, सामुदायिक अगुवाहरूले युवाका समस्या समाधान गर्ने बेला आएको छ ।

युवाहरूलाई मानसिक रोगहरूबाट बचाउनका लागि परामर्श गर्नुप¥यो । युवाहरूको ज्ञान, सीप तथा प्रविधिलाई प्रयोग गरी कृषि उपयोगमा लगनशील भएर लाग्नका लागि हौसला प्रदान गर्नुप¥यो । सामाजिक माध्यम तथा सञ्चारमाध्यमको प्रयोग बाट नियमित स्वास्थ्य सेवाहरूको जानकारी दिने, मनोबल तथा परामर्श बढाउन आवश्यक छ ।
यो अँध्यारो घडीमा पनि (युवा विकास केन्द्र र आपतकालीन प्रतिक्रिया केन्द्र) थ्यगतज म्भखभयिऊभलत ऋभलतभच र भ्mभचनभलअथ च्भकउयलकभ ऋभलतभच ले युवाहरूलाई सङ्गठित गराई अनलाइनबाट समस्यामा परेका मानिसको उद्धार तथा रगत व्यवस्थापन, औषधि उपलब्ध गराई कोरोनाबाट जितेका मानिसहरूको भिडियोमार्फत् युवाहरूलाई उत्प्रेरणा जगाइरहेको छ । दैनिक खानाको व्यवस्थामा सहयोग, बाटोमा अलपत्रमा परेका मानिसहरूको सहयोग तथा उद्धार कार्य, रगत व्यवस्थापन तथा सङ्कलन कार्यक्रम, मनोसामाजिक परामर्श, देश तथा विदेशको युवासँग सहकार्य गरेर यस विषम परिस्थितिको सामानाको लागि स्थानीय सरकारसँग सहकार्य, समन्वय, सूचना सङ्कलन तथा श्रव्य–दृश्यमार्फत् सूचना प्रसारणका साथै सहयोग गरिरहेको छ । यसरी नै स्थानीय सरकारहरूले पनि गर्ने हो भने अवश्य पनि युवालगायत अन्य मानिसहरूको यस विषम परिस्थितिमा जीवन जिउन सहज हुनेछ ।