इनरूवा / इनरुवामा लागेको आगो साढे छ घण्टा पछि मात्र नियन्त्रणमा आएको छ । आगलागीबाट हनुमान बस्त्रालय र र्सर्जना फाइनान्स भएको भवन जलेर पूर्ण रुपमा क्षति भएको छ ।
आगलागीबाट करिव ७ करोडको क्षति भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इनरुवाका प्रमुख एसपी कमल थापाका अन्य घरहरु भत्काएर सुरक्षित गरिएको बताए । कपडा पुल भएका कारण आगलागी नियन्त्रण गर्न समय लागेको एसपी अनुसार आगलागी अहिले नियन्त्रणमा आएको छ । विहान पाँच बजे शुरु भएको आगलागी विहान १०ः३० बजे नियन्त्रणमा आएको हो । हनुमान बस्त्रालय इनरुवाको दोश्राे ठूलो पसल हो ।