श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल मङ्सिर ३ गते बिहीबार, १९ नोभेम्बर  २०२६, रौद्रनाम संवत्सर। कार्तिक शुक्ल पक्षको दशमी तिथि २६:३४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वभाद्र २७:३२ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६:२८ बजे र सूर्यास्त ०५:०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। पहिलेको नतिजा कमजोर देखिनाले काम दोहोर्‍याउनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आंशिक लाभांश अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। तापनि परिश्रमको फल प्राप्त हुने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले कीर्तिमानी दिलाउनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकाङ्क्षी काम बन्नेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला।उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नु पर्ला। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा दोहोर्‍याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलताले मात्र आंशिक सफलता प्राप्त हुनेछ। अरूको उपकार गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्‍याउनु पर्ने स्थिति आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्‍याउनुहोला। परिस्थितिले पनि अलमल्याउन सक्छ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतको प्रतिफल भने प्राप्त हुनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरूको साथ-सहयोग पाइनेछ।