धरान । सुनसरीको इनरुवा मुख्य बजारको हनुमान बस्त्रालय बिहानै ५ बजेदेखि भीषण आगलागी सुरु भएको छ ।
fire_inaruwa_hanuman_bastralaya (1)
इनरुवा–१ मुख्य बजारको हनुमान अटलले सञ्चालनमा ल्याएको हनुमान बस्त्रालयबाट आगलागी शुरु भएको हो । आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको स्थानीय पत्रकार अजित झाले जानकारी दिए ।
 
fire_inaruwa_hanuman_bastralaya (4)
तस्बिरः अमर काफ्ले
उनका अनुसार बस्त्रालयसँगै रहेका रंगको पसल र सिर्जना फाइनान्समा पनि क्षति पुगेको छ । आगो नियन्त्रणका लागि वराहक्षेत्र, दुहवी, इटहरी, धरान, सुन्दरहरैचा, विराटगनरका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी जुटिरहेका छन् । हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रण लिने प्रयास जारी रहेको छ । हनुमान बस्त्रालय इनरुवाको दोस्रो ठूलो लुगाको पसल रहेको पत्रकार झाले जानकारी दिए ।
 
fire_inaruwa_hanuman_bastralaya (6) fire_inaruwa_hanuman_bastralaya (4)
तस्बिरहरूः अमर काफ्ले
fire_inaruwa_hanuman_bastralaya (5) fire_inaruwa_hanuman_bastralaya (2)