• डा. अरुण कुमार सिंह

कोरोना महामारीको बेला गर्मी को शुरुआतसँगै बालबालिकाहरू झाडापखाला कति को घर घर मा हुने गरे को छ । आजभोलि कोरोनाको बेला तपाई कुन बेला अस्पताल जाने नजाने जानकारी हुनु जरुरी छ । अस्पतालमासमेत कोरोना केन्द्रीत उपचार भएको बेला हामीले अन्य रोगबारेसचेत भयौंन भने उपचार अभावमा झन ठूलो समस्यामा बालबालिकाहरु पर्न सक्छन् ।

झाडापखाला रोग के हो
चौबिस घण्टा अर्थात एक दिनमा तीन पटक वा सो भन्दा बढी पानी जस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनेर बुझ्नुपर्दछ ।झाडापखाला विषाणु, जीवाणु र परजीवीका कारणबाट लाग्न सक्छ।

झाडापखाला रोगमा जल बियोजनको निम्न लिखित अबस्था हुन्छ

१ जलबियोजन नभएको,
२ केही जलबियोजन भएको ,
३ कडा जलबियोजन भएको ।

झाडापखालाको कडा जलबियोजनको अवस्थामा के हुन्छ

  • आलस्य, बेहोसीपन हुन्छ भने ।
  • आँखाहरु गाडिएका र सुख्खा रहन्छन् भने आँसु हुदैन ।
  • मुख र जिब्रो एकदमै सुख्खा हुन्छ ।
  • तरल पदार्थ पानी पिउन सकिदैन ।
  •  पेटको छालालाई तानेर छोड्दा निकै विस्तारै मात्र फर्कन्छ ।
  •  पिसाब हुन छोड्ने अवस्था गम्भीर अवस्थामा पर्दछ ।

बालबालिकालाई झाडापखालाको उपचार

झाडापखालामा डायरिया कडा जलवियोजन भएको अवस्थामा भए डॉक्टरले आइवी फ्लूयड्स दिन्छ । यसले गर्दा शरीरको पानी कमी हुनबाट रोकिन्छ। जुन बालबालिका डिहाइड्रेशनले गर्दा केही खाने(पीउन नसक्ने यस्तालाई आइवी फ्लूयड्स चढ़ाउनु पर्छ । औषधी र इलेक्ट्रोलाइट्स हुन्छ ।
वायरल संक्रमण डायरियामा संक्रमणको खतम गर्नको लागि परोबायोटिक्स दिन्छ । बैक्टेरियल संक्रमणको लागि एंटीबायोटिक दिन्छ।


झाडापखालामा हुन बाट बच्न ध्यान दिनुपर्ने कुराहरु

झिंगा बसेको, बासी, नछोपेको खाने पिउने चीज नखाने ।
हात धोएर मात्रै खाने,खुवाउने गर्नुपर्छ ।बच्चालाई सफा राख्नुपर्छ ।
घरको वातावरण सफा राख्नुपर्छ ।
पानी उमालेर मात्रै पिउनुपर्छ ।
फलफूल राम्रोसँग पखालेर खानुपर्छ ।
बासी, तारेकोभुटेको पिरो मसालेदार खाने कुरा तथा गहुँबाट बनेको खाद्य पदार्थ नखाने ।
रोटा भाइरसविरूद्धको भ्याक्सिन लगाउनुपर्छ ।
अगाडिदेखि नै काटेर राखेको प्रदुषित सलाद नखाने । फ्रिजमा राखेको खाने कुरा बाहिर निकालेर तुरुन्तै नखाने ।
अमिलो, आलु, भण्टा कोबी,अचार नखाने (। बच्चा जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउने । खान खानु वा खुवाउने अघि सावुनपानीले हात राम्ररी धुने गर्नुपर्दछ ।
बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ ।
सरसफाईमा परिवारका सवै सदस्यहरुले ध्यान दिने, शौचालयको नियमित प्रयोग गर्ने वानी बसाल्नु पर्दछ।

बालबालिकाहरुमा यो रोग लागेमा चाडैं नै डाक्टरकोमा लैजानु पर्छ ।

(बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान)