धरान । नेपाली युवा दिवेश पोखरेलले अमेरिकन आइडलको उपविजेतामा चित्त बुझाएका छन् ।

अमेरिकाको चर्चित रियालिटी शोमा आज भोटिङ खुल्ला भएको थियो । उनी टप ५ मा पुग्न सफल भएका थिए । टप ५ मा पुग्न सफल भएकाहरूले २–२ वटा प्रस्तुति दिएका थिए । त्यसक्रममा दिवेश उपविजेतामा चित्त बुझाउन पुगेका हुन् । उनलाई अर्थर गनका नामले समेत परिचित छन् ।

अमेरिकाको न्यूयोर्क निवासी २१ वर्षीया जष्ट साम आइडल बनिन् । उनको बास्तविक नाम भने समन्था डियाज हो । उनी लाइबेरिय मूलकी अस्वेत गायिका हुन् । उनी भोटिङका आधारमा अमेरिकन आइडल बन्न सफल भएकी हुन् । पर्याप्त भोट अभावका कारण दिवेसलाई सामले उछिनेकी हुन् । नेपाली भूमिमा जन्मिएर अमेरिकन आइडलको प्लेटफर्ममा उपविजेता बन्नु पनि दिवेशको लागि गर्वको कुरा रहेको उनले बताए । सन् २०१४ मा उनी अमेरिका गएका थिए ।