यस वर्षको ओस्कार अवार्ड मनोनयन सार्वजनिक भएको छ । यसपटक फिल्म ‘जोकर’ सर्वाधिक ११ विधामा मनोनित भएको छ ।

जोकर उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेताका साथै अन्य आठ विधामा मनोनित भएको हो । पछिल्लो साता सार्वजनिक भएको ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि ‘जोकर’ ११ विधामा नै मनोनयनमा परेको थियो ।

यसैगरी ‘द आइरिसम्यान’, १९१७’ तथा ‘वान्स अपन अ टाइम इन हलिउड’ रुसमान १०–१० विधामा मनोनित भएका छन् । उत्कृष्ट फिल्मको सूचीमा ‘जोकर’ सँगै ‘द आइरिसम्यान’, ‘१९१७’, ‘प्यारासाइट’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्याबिट’, ‘लिटल वुमन’ र ‘म्यारिज स्टोरी’ प्रतिस्पर्धामा छन् ।

उत्कृष्ट अभिनेतातर्फ ‘जोकर’ का जोओकिन फिनिक्ससँगै ‘म्यारिज स्टोरी’ बाट एडम ड्राइभर, वान्स अपन अ टाइम’ बाट लियोनार्दो डी क्याप्रियो’, ‘पेन एण्ड ग्लोरी’ बाट एण्टोनियो बेण्डरस र ‘द टुपोप्स’ बाट जोनाथन प्राइस छन् । अभिनेत्रीतर्फ सिन्थिया एरिभो, चार्लिज थेरान र रेने जेलवेगर छन् । ब्राण्ड पिट पनि वन्स अपन अ टाइम इन हलीउडको भूमिकाका कारण मनोनित छन् ।