अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रायः कार्यक्रममा बोल्ड रूपमा प्रस्तुत हुन्छिन् । तर केही दिनअघि काठमाडौंमा फिल्म ‘रातो टीका निधारमा’ को गीत रिलिज कार्यक्रममा उनी हरियो सारीमा उपस्थित भइन् ।

एक साताअघि मात्र समुद्री किनारमा ब्वाइफ्रेण्डसँग हट देखिएकी साम्राज्ञीलाई एकाएक सारीमा देखेपछि पत्रकारले प्रश्न सोधे, ‘सारीमा हिँड्दा कस्तो फिल गर्नुहुन्छ ?’

साम्राज्ञीले आफूलाई सारीमा राम्रो देखिए पनि लगाउँदा असहज हुने गरेको बताइन् । उनले भनिन्, ‘हिल लगाएर हिँड्दा झनै गाह्रो हुन्छ ।’ साम्राज्ञीका ‘मारुनी’ र ‘रातो टीका निधारमा’ फिल्म बजारमा आउने तयारीमा छन् ।

s ss