• पर्यटनको विकास र प्रवर्द्धनकालागि प्रदेश पर्यटन बोर्डको स्थापना गरिनेछ । खेल पर्यटन प्रवर्द्धनका लागि स्काई रनिंग र ट्रेल रेस जस्ता कार्यक्रम सञ्चालन गरिनेछ । हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धनको लक्ष्य सहित आठ हजार मिटर माथिका हिमालको आरोहण गर्ने आरोही, पर्यटन व्यवसायी तथा प्रवर्द्धक सम्मिलित समिटर्स समिटको आयोजना गर्न आवश्यक बजेटकोव्यवस्था गरेको छ । 
  • सगरमाथा आधार शिविर देखि कंचनजंघा क्षेत्रसम्म हिमालयन पदमार्ग निर्माण प्रारम्भ गर्न आवश्यक बजेट विनियोजन गरेको छ।
  •  चतरा क्षेत्रलाई कुम्भ क्षेत्र घोषणा गरी धार्मिकपर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिनेछ । प्रदेशको विभिन्न धार्मिक क्षेत्रहरुलाई जोड्ने सर्किटको विकास गरी धार्मिक पर्यटन सर्किट बनाउन आवश्यक वजेटको व्यवस्था गरेको छ ।
  •  भेडेटार-राजारानी-रबि-राँके-मङ्गलबारे हुँदै सिद्धिथुम्का सम्मको क्षेत्रलाई महाभारत हरित कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न रु।३ करोड विनियोजन गरिएकाे छ ।
  •  प्रदेशकोगौरवकोरुपमारहेकासगरमाथा र मकालु बरुण राष्ट्रिय निकुन्ज, कोशी टप्पु आरक्षर कन्चनजंघा संरक्षणक्षेत्रको जैविक विविधता संरक्षणमार्फत पर्यापर्यटनप्र वर्द्धनका लागि रु ६ करोड बजेट विनियोजन गरिएकाे छ । 
  •  एक स्थानीय तहएक आकर्षक पर्यटकीय पूर्वाधार निर्माणको काम स्थानीय तहसँगको सहकार्यमा शुरु गर्न रु। ७ करोड वजेट विनियोजन गरिएकाे छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढ़ी नगरपालिकासँगको साझेदारीमा यलम्बर पार्कको निर्माण शुरु गर्न रु। २ करोड २५ लाख र झापाको मेचीनगर नगरपालिका सँगको साझेदारीमा सीमा क्षेत्रमा पर्यटकीय पार्क निर्माण शुरु गर्न रु। २ करोड बजेट छुट्याएको छ ।
  • हलेसी, बराह क्षेत्र, पाथीभरा, सिलौटी लब्रेकुटी र छिन्ताङलाई विशेष धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको रुपमा विकास गरिनेछ । सोनबर्षी थान मोरंगको संरक्षण र विकास गरिनेछ । विराटनगर स्थित मुसाफिर खानाको निर्माणमा आवश्यक सहयोग गरिनेछ । धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका स्थलहरुको संरक्षण, सम्बर्धन, जिर्णोद्धार र पूर्वाधार विकासका लागि रु। ५ करोड विनियोजन गरेको छ ।
  • रामसारमा सुचिकृत सिमसार क्षेत्रको संरक्षण र विकासको गुरुयोजना बनाई ती क्षेत्रको विवेकशील उपयोग गर्दै पर्यापर्यटनको गन्तव्यको रुपमा विकास गरिनेछ । जामुनखाडी, बेतना, बर्जु, कालीकोशी रबाघझोड गोठगाउँलगायतका क्षेत्रलाई प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा निजी, सामुदायिक र स्थानीय तह सँगको साझेदारीमा विकास र प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।
  • इटहरी स्थित तालतलैया क्षेत्रलाई प्रदेशकै एक प्रमुख आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र समुदायको साझेदारीमा अगाडी बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छ ।
  •  धार्मिक, सांस्कृतिक एवम् रमणीय पर्यटकीय क्षेत्रहरु धरान(भेडेटार(नाम्जे, खुम्बु(चौरीखर्क(नाम्चे दुधकुण्ड र रमिते(मिक्लाजुंगमा स्थानीय तह र निजी क्षेत्र सँगको साझेदारीमा केवलकार सञ्चालनको लागि विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य शुरु गर्न आवश्यक रकम विनियोजन गरेको छ ।
  •  पर्यटकीय गन्तव्यमा थप पूर्वाधार र पर्यटकीय सेवा सुविधाको विस्तार गरिनेछ।सोलुखुम्बुको गार्मा पर्यटन महाविद्यालय सञ्चालनगर्न आवश्यक कार्य अगाडी बढाइने छ ।साल्पा उपत्यकामा रहेको साल्पापोखरी र सिलिचुंग चुली रहेको क्षेत्रलाई प्राकृतिक र किराँतहरुको धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरी मुन्धुम(ट्रेल पदमार्गनिर्माणको काम शुरु गर्न रु। २ करोड विनियोजन गरेको छ । इलामको चुच्चीनाम्वा लारुम्बा हुँदै ऐतिहासिक लब्रेकुटी फत्तालुंगसम्म महागुरु फाल्गुनन्द पदमार्गको सम्भाव्यताअध्ययनगर्न आवश्यक बजेट व्यवस्था गरेको छ ।
  • संघीय सरकारसँगको समन्वय र सहकार्यमा विराटनगर विमानस्थललाई विस्तार र स्तरोन्नती गरी अर्न्तराष्ट्रिय, राष्ट्रिय र प्रादेशिक विमानस्थलसँग आबद्ध गरिनेछ। विराटनगरविमानस्थलबाटआन्तरिकपर्वतीयदृष्यावलोकनउडानलाईप्रवर्द्धनगरिनेछ।
  •  यस प्रदेशका सगरमाथा आरोही विश्व किर्तीमानी कामिरिता शेर्पा, अल्ट्रा म्याराथुन खेलबाट नेपाललाई विश्वभरि चिनाउने धाविका मीरा राईलाई र राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ९व्याकुल माइला० लाई विशेष सम्मान गर्न आवश्यक बजेट विनियोजन गरेको छ। गाइने, गंदर्भहरुकोप्रतिभा,पहिचान र संस्कृतिलाई प्रवर्द्धन गर्न आवश्यक व्यवस्था गरिनेछ।
  •  साहसिक पर्यटनस् प्याराग्लाइडिङ, रयाफ्टिंग, क्यानोनिंग, बन्जी जम्प, रक क्लाइम्बिङका लागि सम्भाव्यता अध्ययन गर्नकालागि आवश्यक बजेट विनियोजन गरेको छ।
  •  पर्यटन वर्ष २०२० लाई सार्थक र सफल पार्नकालागियोगदान पुर्याउनसंघीय सरकारले पहिचान गरेका १०० पर्यटकीय गन्तव्य स्थल मध्ये प्रदेशमा परेका स्थललाई प्रवर्धन गर्न साथै अन्य विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रकमविनियोजन गरेको छ ।
  • पर्यटन वर्षको प्रवर्द्धनका लागि यसप्रदेशमानियमित रुपमा एक वर्ष कार्यावधि पुरा गरेका कर्मचारीहरुलाई रयसप्रदेशमासमायोजन भई एक वर्ष कार्यावधि पुरा गरेका कर्मचारीहरुलाई नेपालभ्रमणका लागि ६ दिनको विदा र रु।२५ हजार एकमुष्ठ प्रदान गरिनेछ।
  •  पर्यटन क्षेत्रको विकासकालागि लागि रु। १ अर्ब ६६ करोड विनियोजन गरिएकाे छ ।