विराटनगर / खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत १ नम्बर प्रदेशमा रहेको खानेपानीको कार्यालयमा ७३ करोड ३१ लाख ६० हजार ५ सय २८ रूपैयाँ बेरूजु पुगेको छ । चालू आर्थिक वर्षसम्म आइपुग्दा १४ जिल्ला रहेको १ नम्बर प्रदेशमा सो बरावरको रकम बेरूजु भएको हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले दिएको प्रतिवेदन अनुसार १ नम्बर प्रदेशको १४ जिल्लामा रहेको खानेपानी तथा सरसफाइ कार्यालयतर्फ २९ करोड ९९ लाख ८२ हजार १ सय ८६ रूपैयाँ र साना शहरीतर्फ ४३ करोड ३१ लाख ७८ हजार ३ सय ४२ रुपैयाँ बेरूजु भएको हो ।
सरकारले बेरूजु घटाउन विभिन्न कर्मचारीलाई तालिम दिए पनि सरकारी कार्यालयमा अहिले पनि बेरूजु रकम घट्न सकेको छैन । वर्षेनी बेरूजु हुने क्रम बढदै गएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा प्रदेशको १४ जिल्लाको खानेपानीमा जम्मा २० करोड ४८ लाख ९० हजार ३ सय १६ रुपैयाँ रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागको अभिलेखमा देखिन्छ । जुन आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा ९ करोड ५० लाख ९१ हजार ८ सय ७० रुपैयाँ बढी बेरूजु बढेको हो ।
प्रदेश अन्तर्गतको सबैभन्द बढी बेरूजु पाँचथरमा भएको छ । पाँचथरमा १२ करोड ६४ लाख ८४ हजार ४ सय ५९ रुपैयाँ चालू आर्थिक वर्षसम्म आइपुग्दा बजेट बेरूजु भएको देखिएको छ । त्यस्तै इलामको २७ लाख ४९ हजार ६ सय ८, झापामा ३ करोड ९७ लाख २१ हजार १ सय १६, संखुवासभामा ९२ लाख २१ हजार ६ सय ७५, तेह्रथुममा १ करोड ८३ लाख ८ सय ८९, धनकुटामा ५२ लाख १७ हजार ९ सय ८०, मोरङमा १ करोड ७२ लाख, ७९ हजार ३ सय ९६, सुनसरीमा ३ करोड ८६ लाख ६९ हजार ६ सय ३८, सोलुखुम्बुमा ६३ लाख ८६ हजार १ सय ८५ रुपैयाँ बेरुजु भएको छ । यसैगरि ओखलढुङ्गामा ४४ लाख २८ हजार १ सय ६५, खोटाङ्गमा ३ करोड ३३ लाख ४ हजार १ सय ३९ र उदयपुरमा ५७ लाख ८ हजार ३ सय ३० रुपैयाँ बेरूजु भएको छ ।
२ नम्बर प्रदेशमा ५८ करोड ८३ लाख ६३ हजार ७ सय ७ रूपैयाँ बेरूजु भएको खानेपानी मन्त्रालयका उपसचिब विष्णु ज्ञावलीले जानकारी दिए । उनका अनुसार हालसम्म खानेपानी मन्त्रालयमा १० अर्व रुपैयाँ बेरूजु भएको बताए ।
देश संघिय संरचनामा गएसँगै प्रदेश १ मा पाँच वटा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रहेको छ । झापा, धनुकटा, पाँचथर, सुनसरी र ओखलढुङ्गामा उक्त कार्यालय रहेको छ । धनकुटाले ४, पाँचथर, ओखलढुङले ३÷३ वटा र सुनसरी र झापाले २÷२ वटा जिल्लामा रहेको कार्यालय हेर्ने गर्दछ । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रदेशमा ३ जिल्लामा रहेको छ । विराटनगरमा रहेको सो कार्यालयले ८ जिल्ला हेर्ने गर्दछ भने इलामा र खोटाङ्गमा रहेकोले ३÷३ जिल्ला हेर्ने मन्त्रालयले जनाएको छ ।
बेरूजु फस्यौट गर्न प्रदेशका कर्मचारीलाई तालिम
विराटनगर(ब्लाष्ट)÷ खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गको कार्यालयहरूमा बेरूजु रकम प्रत्येक वर्ष बढदै गएपछि खानेपानी मन्त्रालयले प्रदेश १ र २ का कर्मचारीहरूको लागि तीन दिने गोष्ठि आयोजना गरिएको छ ।
मन्त्रालयले विराटनगरमा प्रदेश १ र २ को खानेपानीको कर्मचारीहरूलाई राखेर सुशासन प्रवद्र्धन तथा बेरूजु व्यवस्थापन कार्यशाला गोष्ठिको आयोजना गरिएको हो । बिहीबारदेखि सुरू भएको गोष्ठी आइतबारसम्म संचालन हुनेछ ।
गोष्ठिको उद्घाटन गर्दै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब मनोज घिमिरले बढदै गएको बेरूजु नियन्त्रण गर्न सबै लाग्नुपर्नेमा जोड दिए । कर्मचारीको सानो तिनो कमि कम्जोरिले गर्दा बेरूजु बढेको हुनाले त्यस्ता कम्जोरी सुधार गरेर बेरूजु फस्यौट गर्नुपर्ने बताए । त्यस्तै खानेपानी मन्त्रालयका सहसचिब शंकरप्रसाद सुवेदीले महालेखा परीक्षा विभागले दिएको प्रतिवेदन अनुसार सबैभन्दा बढी खानेपानीमा बेरूजु बढी देखिएको भन्दै यसलाई घटाउँदै फस्यौट गर्न सबै लाग्नुपर्ने बताए । ‘हाम्रै कार्यालयमा बढी देखिएको बेरूजुले आफुलाई पनि चिन्तित बनाएको छ,’ उनले भने, ‘आगमी दिनमा बेरूजु कम गर्न घनिबुत रूपमा छलफल गर्नुपर्दछ ।’ ऐन, नियम र प्रक्रिया पु¥याएर बेरूजु फस्यौट गर्न लाग्नुपर्ने उनको भनाई थियो ।
त्यस्तै खानेपानी मन्त्रालयको उपसचिब विष्णु ज्ञावलीले बेरूजु बढदै गएकोले यसको नियन्त्रणमा लागि पर्दै सुशासन कायम गर्न अगाडी बढनुपर्नेमा जोड दिए । चालु आर्थिक वर्षमा २ सय ९२ वटा गुनासाको आएको जानकारी दिदै सुशासन व्यवस्थापन गर्न पनि कर्मचारी लाग्नुपर्ने बताए । कार्यक्रममा १ नम्बर प्रदेको कोष तथा लेखा कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेल, संघिय खानेपानी तथा ढकल व्यवस्थापन आयोजना प्रदेश १ को प्रमुख चक्रपाणी शर्मा आचार्यले बेरूजु घटाउन लेखाको कर्मचारी मुख्य जिम्मेवारी हुने भएकाले चनाखो भएर काम गर्नुपर्ने सुझाब दिए ।