२०३१ साल कार्तिक २२ गते साँझ धरान शर्मा टाइप हाउसमा म मेरा एकजना साहित्यिक मित्र भुवन कार्कीसँग नेपाली साहित्य सम्मेलनले मनाएको स्वर्ण जयन्तीको चर्चा गर्दै थिएँ । यसै क्रममा कार्कीजीले मलाई भन्नुभयो, ‘गिरीजी श्री रामकृष्ण शर्माज्यूलाई स्वागत गर्न जाने होइन ?’ म त छक्क परेँ को रामकृष्ण शर्मा ? मैले हाम्रा वरिष्ठ समालोचक, आलोचक, लेखक रामकृष्ण शर्माज्यू धरान आउनुभएको छ भन्ने कल्पनै गरेको थिइनँ, त्यसैले मेरो प्रश्नप्रति अचम्म मान्दै कार्कीजीले भन्नुभयो, ‘क्या त उही हाम्रा प्रवासी ....’ मैले पनि आधा वाक्य पूरा हुँदा नहुँदै ए † बल्ल बुझेँ के साँच्चै शर्माज्यू आउनुभएछ । हो, वहाँ धरान होटलमा सिट रिजर्व गरेर श्री ५ बडा महारानीको शुभजन्मोत्सवको उपलक्ष्यमा आयोजित साहित्यिक कार्यक्रममा भाग लिन जानुभएको छ ।
‘वहाँबाट श्री शर्माज्यूसँग भेट्ने प्रोग्राम मिलाई हामी छुट्यौं । त्यसैबेला मेरा अर्का अन्यन्य मित्र भनौं या भाइ महेश प्रसाईंजी आउनुभयो । वहाँका पछि २ कार्यक्रम सकिएर श्री शर्माज्यू आउनुभयो त्यहीँ हाम्रा प्रवासी साहित्यिक व्यक्तित्वलाई साक्षात्कार गर्ने मौका पाएँ । श्री शर्माज्यूलाई नभेटुन्जेलसम्म मैले हृदयमा एउटा काल्पनिक आकृतिमा व्यक्ति चित्र खिचेको थिएँ तर वहाँसँग प्रत्यक्ष हुँदा मेरो कल्पनाले टक्कर खायो । मलाई लाग्यो वहाँको आकृति बङ्गालीकै जस्तो भए तापनि हृदय चाहिँ शुद्ध–शुद्ध हिमालयको पवित्र हिउँ जस्तै स्वच्छ नेपालीको रहेछ । यसै क्रममा शर्माज्यूलाई हतार भएकोले होटलमा फेरि भेट्ने अनुरोध गर्दै हामी बिदा भयौं ।
धरानको छाताचौक धरान र धरानबाहिरका व्यक्तिहरूलाई भेट्ने एउटा अखडा हो । यसै अखडामा नेपाल–भारतमैत्री समाजका महामन्त्री, श्री केदारनाथ श्रेष्ठज्यूसँग भेट गरी वहाँलाई पनि लिएर बेलुका ८ बजे हामी शर्माज्यूसँग कुरा गर्न बस्यौँ । कुराकै सिलसिलामा मैले सम्पादन गरेको ‘झलक’ र महेशको ‘क्रान्तिश्री’ समर्पित ग¥यौं । आजकाल नेपालमा सामयिक सङ्कलन बन्द गरिएकोले हामीले हाम्रो पत्रिकाको विषयमा कुरा गर्ने त कुरै आएन तापनि श्री केदारनाथज्यूसँग सल्लाह गरी कल्पनाको लागि अन्तर्वार्ता लिने कुरा उठायौं ।
श्री शर्माज्यूले हाँस्दै भन्नुभयो, ‘अन्तरवार्ता त राजनैतिक व्यक्तिसँग पो लिइन्छ, हामीसँग लिएर के हुने हो र त्यो पनि २०२० सालयता नेपाली साहित्यको विषयमा त्यति अध्ययन गर्ने मौका पाएकै छैन, फेरि अर्को कुरा प्रवासमा नेपालभित्र भएका कुराहरू थाहा पाइँदैन ।’ हुन पनि हो नेपालभित्रको कुराहरू बाहिरका लागि थाहा हुन मुस्किलै छ, यो हाम्रो प्रचार र प्रसारको कमजोरीले गर्दा नै त हो क्यार † यहाँको कुरा यही सीमित छ यहाँको साहित्यिक गुटबन्दी साहित्यिक स्वार्थले प्रवासी साहित्यलाई पर राखेको छ । हामीले वहाँसँग एउटा प्रश्न ग¥यौं के यहाँले बीपी कोइरालाका उपन्यासहरू पढ्नुभएको छ ? वहाँले भन्नुभयो मैले ‘तीन घुम्ती’ मात्र अध्ययन गर्ने मौका पाएको छु र बाँकीदेखि म टाढै छु । वहाँका विषयमा हात हाल्नु राजनैतिक वातावरणमा रहल्लिनु पर्छ, जसदेखि म टाढै छु ।
कुराकै सिलसिलामा श्री केदारज्यूले नेपाल–भारतमैत्री समाजमा आइदिन हुन अनुरोध गर्नुभयो । वहाँको अनुरोधलाई श्री शर्माज्यूले स्वीकार्नुभएकोले करिब १० बजे हामी वहाँकाबाट सुकला गर्न बिदा भयौं ।
भोलिपल्ट साँझको ४ बजे वहाँमा नेपाल–भारतमैत्री समाजमा पाल्नुभयो । समाजको कार्यक्रमअनुसार उपस्थित व्यक्तिहरूसँगै परिचय गरायौं । तत्पश्चात् सचिव केदारनाथज्यूले शर्माज्यूको व्यक्तित्वको परिचय दिँदै स्वागत भाषण गर्नुभयो र शर्माज्यूलाई नेपाली भाषा साहित्य र समालोचनामा आफूले पाएका अनुभवहरू बताइदिन हुन आग्रह गर्नुभयो । त्यसपछि सभापतिको कुर्सीबाट उठ्दै खुशीयाली प्रकट गर्दै पहिले २ आफू विद्यार्थी अवस्था हुँदा साहित्यप्रति गएको झुकाव तथा विद्यार्थी अवस्थामा आमाबाट पैसा ठगी लुकी–लुकी साहित्यिक कृतिहरू अध्ययन गरेको कुराहरू बडो मार्मिक तथा रोचक ढङ्गबाट पोख्नुभयो ।
(क) त्यसपछि भाषणको क्रममा वहाँले भन्नुभयो । नेपाली भाषामा केही प्रगति त भएको छ तर जनावरभन्दा केही माथिल्लो स्तरमा मात्र बहेको छ । अहिले नै हाम्रो भाषा विकसित छ भनेर हामीले किटान गर्न सक्दैनौं । हाल नेपाली भाषामा प्रशस्त कृतिहरू प्रकाशित भइसकेका छन् । यसै क्रममा भाग लिने हो भने आजको सन् २००० मा पनि हाम्रो नाममात्र उच्चारण भयो भने पनि हामीले अहोभाग्य हो भन्नुपर्छ । शर्माज्यूले आफू विद्यार्थी छँदा आºनै नेपाली भाषा पढाउने गुरुले नेपाली भाषाप्रति अवहेलना गरेकोमा वहाँले बहुतै दुःख प्रकट गर्नुभयो ।
(ख) त्यसपछि समालोचनाका बारेमा श्री शर्माज्यूले भन्नुभयो–समालोचना एउटा गहन विषय हो । यो एउटा किताबको अध्ययनमा मात्र सीमित नभई यसमा सफल हुन धेरै किताबको खाँचो पर्छ । त्यो टार्न पुस्तकालय मात्र एउटा सहायक छ । किनकि आजको महँगी तथा दिन प्रतिदिन किताबको सङ्ख्या बढेको बेलामा किताब किन्न सकिँदैन । वहाँले अरु थप्नुभयो– समालोचना सरल सबैले बु¤न सक्ने हुनुपर्छ न कि डा. ईश्वर बरालको जस्तो शब्दजाल रची पाठकहरूलाई रनभुल्लमा पारी उम्कन नदिने । हाल नेपालमा श्री वासुदेव त्रिपाठीको समालोचनातर्पm हात बसेको छ तथा वहाँका केही नयाँ–नयाँ शब्दहरू मिठासपूर्ण हुन्छन् ।
(ग) त्यसपछि वहाँले भाषणको क्रममा पाठकको ध्यान नेपाली पत्र–पत्रिकातर्पm खिच्नुभयो । पत्रपत्रिका ज्यादा निक्लेर मात्र साहित्यको विकास हुने होइन, साहित्यको विकास त एउटा पत्रिकाबाट पनि हुन सक्छ । जसले नियमित रूपमा पाठकहरूलाई मीठा–मीठा रचना तथा समान देओस् । वहाँले फेरि भन्नुभयो– जमानामा एउटा शारदाले हामीलाई चिनायो तर अब त सयौँ पत्रपत्रिका निक्लन्छ, सयौँ लेखक कवि । तर त्यो दिगो रहन सक्दैन । आज शारदा छैन, जसले एकैपल्ट देवकोटा, सम, भिक्षु, सिद्धिचरणको रचना दिन्थ्यो । अब त ३–४ जनाको संयुक्त रचना पाउनु कहाँ हो कहाँ एउटाको पनि रचना ३–४ महिनामा पढ्न पाउनु अहोभाग्य हो भन्नुपर्छ ।
(घ) वहाँले आजको आधुनिक साहित्यको सन्दर्भमा बडो दिलचश्पी लिएर बोल्नुभयो । आज आधुनिक साहित्यकार कसलाई मान्ने लेखनाथलाई कि कोइराला या भूपीलाई ? आज यही कुरा नेपाली साहित्यमा विवादास्पद बन्न जाला भन्ने डर रहन गएको छ । कलकत्तामा एउटा दौरा–सुरुवाल, टोपी लगाएको नेपालीलाई आधुनिक नेपाली भने कि आजका अप टु डेट नेपालीलाई आधुनिक मान्ने । तापनि आज आधुनिक साहित्य भनेर आधुनिकताको पोसाक ओढी केही लब्धप्रतिष्ठित साहित्यकारहरू पन्छाइएको देख्दा अचम्म लागेको छ ।
(ङ) आजको साहित्यको बारेमा स्रोताहरूलाई दिशाबोध गराउँदै वहाँले बताउनुभयो– साहित्यमा मर्मज्ञ पाठक त्यसलाई मात्र मान्न सकिन्छ, जसले साहित्य बुझेर त्यसको रसास्वादन लिन्छ । जुन पाठकलाई साहित्य पढ्दा केही च्भबअतष्यल हुन्छ, त्यसले मात्र साहित्य बुझेको हुन्छ । होइन भने त पत्रपत्रिकाको भाषा पढेजस्तै साहित्य पढेर च्भबअतष्यल नहुनेलाई सच्चा साहित्यिक पाठक मानिँदैन । त्यसैले साहित्य बु¤न अध्ययन, मनन् चिन्तन हुनुपर्छ । साथै साहित्यकारले पनि साहित्य बु¤नुभन्दा पहिले एउटा सिङ्गो मानिसको मनोविश्लेषण गर्न सक्नुपर्छ । त्यसको सही स्थितिबोध, आकार खिच्न सक्नुपर्छ, तब मात्र साहित्य ज्यादा समयसम्म टिक्न सक्छ । यसै क्रममा वहाँले बताउनुभयो– ‘मायालु मेरो मन’ कविता सङ्ग्रह भर्खर प्रकाशित गराएको छ । यो २५ वर्षसम्म बाँचिदियो भने पनि मेरो अहोभाग्य हो मान्नुपर्छ । किनकि नेपाली साहित्यको प्रगति दिन प्रतिदिन बढ्दैछ साथै दिशाबोध ।
(च) श्री शर्माज्यू जस्ता विशाल व्यक्तित्व भएका व्यक्तिको भाषण सुन्दा कुन चाहिँ श्रोताको हृदय फुलेन होला । वहाँले आºनो भाषणको दौरानमा आजका साहित्यिक र तिनीहरूको कृतिको भविष्य अन्योलमा पर्न सक्छ भन्नुभयो । आज एउटा संस्थाले जस–जसको रचना छापिदियो त्यो मात्र साहित्यिकमा गनिने बाँकी नगनिने जस्ता स्वार्थ देखाउँदै छन् । त्यो साह्रै नराम्रो हो, जसको परिणाम पछि गएर नेपाली साहित्यमा एउटा गुट वा अखडाको केन्द्र मात्र बन्न जान्छ । यस्ता कार्यहरू बेलामा नै सुधार नभएमा साहित्यजगत्मा खिचडीपन आउनेछ ।
यही नै शर्माज्यूले गरेको आंशिक रूपको भाषण वहाँले एकघण्टा १० मिनटसम्ममा जति कुरा बोल्नुभयो । शायद अब हामीले यो कुरा वहाँका मुखबाट सुन्न गाह्रै पर्छ, किनकी वहाँ प्रवाही हुनुहुन्छ । शर्माज्यूको भाषण सुनेर मैले घरमा सधैँको भन्दा डबल भात खाएँ हुँला, जसको अनुभव अझ मलाई भइरहेको छ । यस्तो भाषण सुन्न पाएका यी मेरा दुइटा कान धन्य छन्, कृतज्ञ छन् । जसले साहित्यको विषयमा अमृतको रसास्वादन लिन पायो ।
(१ को डायरीबाट)
































