काठमाडाैं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलको व्यवस्था गरिनेछ। कानुन अनुसार संघ र प्रदेशसभा सदस्यको मतभार भने फरक छ। संघीय संसदको प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसदको प्रत्येक सांसदको ४८ मतभार तोकिएको छ। संघीय संसदमा राष्ट्रियसभाका ५९ र प्रतिनिधि सभाका २ सय ७५ गरी ३ सय ३४ सदस्य हुनेछन्। प्रदेश सभामा ५ सय ५० सदस्य रहनेछन्। राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि निर्वाचन आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली तयार गरी प्रकाशन गर्नेछ। निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचित हुनेछन्। कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदात हुनेछ। त्यसमा कुलमतको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार राष्ट्रपतिरउपराष्ट्रपतिमा निर्वाचित हुनेछन्। संविधानको भाग ६ को उपधारा ५ अनुसार कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ। त्यस मतदानमा कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार आगामी ५ वर्षका लागि राष्ट्रपतिरउपराष्ट्रपतिमा निर्वाचित हुनेछन्। राष्ट्रपतिले बहालवाला प्रधानन्यायाधीश र उपराष्ट्रपतिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिँदै कार्यभार सम्हाल्ने संवैधानिक व्यवस्था छ।