धरान/मोरङमा घुम्ने यस्ता ठाउँहरु पनि जहाँ पुगेर मान्छे मोहित हुन्छ । पूर्वी जिल्ला मोरङमा जति तराईको समथर भूभाग छ । त्यति नै पहाडी भूभाग पनि छ । [caption id="attachment_44595" align="alignnone" width="1339"] तस्बिर स्राेतः गुगल[/caption] पहाडी क्षेत्र जहाँ सम्भावनै सम्भावनाको खानी छ । तर, सदुपयोग हुन नसक्दा भने पर्यटनको सम्भावनाहरु त्यसै खेर गइरहेको छ । त्यस्तै नाम मध्येको मिक्लाजुङ पनि एक हो । जहाँबाट मोरङ मात्रै हैन, पूर्वको अधिकतर गाउँ तथा पहाडसँगै तराईका जिल्लाहरु चिहाउन सकिन्छ । सूर्योदयको लागि इलामको अन्तु जति महत्वपूर्ण छ त्यो भन्दा कम महत्वपूर्ण छैन् मिक्लाजुङमा । चारवटा जिल्लाहरुको संगम स्थल भएकाले पनि मिक्लाजुङको महत्व थप छ । तर, त्यहाँ पुग्नको लागि सुविधाजनक सडक नहुँदा मिक्लाजुङको महत्व मात्रै हैन, त्यसको गरिमा नै घटेको छ । इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको संगमस्थल हो मिक्लाजुङ डाँडा । जसको नाम लिम्बू भाषामा राखिएको हो । मिक्लाजुङको अर्थ हुन्छ ‘आँखाले टाढा टाढासम्म देख्न सक्ने ठाउँ’ । यही गरिमा बोके पनि सडक तथा पूर्वाधारको अभावमा मिक्लाजुङ डाँडोमा सिमित बनेको छ । मिक्लाजुङबाट पदयात्राका लागि पदमार्गको समेत विकास गर्न सकिन्छ । तर, पछिल्लोसयम मिक्लाजुङ जानेहरुको भीड लाग्न थालेको स्थानीयबासीहरु बताउने गरेका छन् । धनकुटाको राजारानी, ६ नम्बर बुधबारे हुँदै पनि पुग्न सकिने मिक्लाजुङ मोरङको उर्लाबारीबाट पनि जान सकिन्छ । समुन्द्रसतहदेखि २४०० मिटर उचाईमा रहेको मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । तर, पर्यटन प्रवद्र्धनलगायतका विविध समस्याका कारण मिक्लाजुङले जुन उचाई प्राप्त गर्नुपर्ने थियो त्यो प्राप्त गर्न सकेको छैन् । मिक्लाजुङको अर्को विशेषता भनेको यहीँबाट सगरमाथा, कञ्चनजङ्घालगायतका १४ वटा हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । सूर्योदयको लागि त उत्तिकै प्रख्यात छ । सदैब चिसो मौसम र शितल हावाको कारण पनि मिक्लाजुङ आफैमा रमणीय छ । त्यहाँ पुग्ने आन्तरिक हुन् या बाह्य पर्यटकहरु मोहित हुने गरेका छन् । हरेक समय भुइकुहिरोले ढाक्ने मिक्लाजुङमा पुगेर आनन्द लिनेहरुको कमी छैन् । तर, यातायात कै अभाव नै मिक्लाजुङको लागि घातक बनिरहेको छ । ६ नम्बर बुधबारेबासी कुमार श्रेष्ठका अनुसार त्यहाँ देवस्थल, गुम्बा, चराचुरुङ्गीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ ।
कसरी पुग्ने धरान–भेडेटार हुँदै राजारानी–६ नम्बर बुधबारेको कच्ची सडक हुँदै पनि पुग्न सकिन्छ । धरानदेखि बुधबारेसम्म ६२ किलोमिटर र त्यहाँदेखि मिक्लाजुङसम्म करिव ७ किलोमिटर गएपछि मिक्लाजुङ पुग्न सकिन्छ । त्यस्तै मोरङको मंगलबारे किशानचौक हुँदै ६ नम्बर बुधबारे हुँदै मिक्लाजुङ पुग्न सकिन्छ । यता फिदिमबाट राँके–रवि सडकहुँदै करिब ६ घण्टाको सवारी यात्रापछि लिम्बाका लेकगाउँ पुगिन्छ । करिब तीन घण्टाको पैदल दुरीको यात्रापछि मिक्लाजुङडाँडा पुग्न सकिन्छ ।सवारी साधनः विशेष गरी साना सवारी साधनमा जाँदा एकदमै उपयुक्त हुन्छ । अझ मोटरसाइकलमा जानेहरुको लागि अति नै उत्तम हुन्छ । विशेष गरी बर्खाको समयमा भन्दा हिउदको समयमा आउजाउ गर्न सहज हुन्छ । कति खर्च लाग्छः मिक्लाजुङ पुग्नको लागि करिव २ हजार रुपैया लिएर गए एकरातको बसाई मज्जाले गर्न पुग्ने स्थानीयबासीहरु बताउँछन् । अझ मोटरसाइकलमा जाँदा त्यो खर्च पनि नलाग्ने स्थानीयबासी श्रेष्ठको भनाइ छ ।
मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित अति प्राचीन एवम् ऐतिहासिक धार्मिकस्थल ‘चमेरे ओढार’ पुग्न सकिन्छ। धार्मिक किम्बदन्तीअनुसार पाण्डप गुप्तवास जाँदा आफ्ना हतियार महादेवलाई पुकारेर उनकै आज्ञाले एउटा ठूलो ढुङ्गा शक्तिबाट चारकोठा भई भित्रभित्रै भ¥याङसमेत बन्न गई त्यही ढुङ्गाको ओढारमा आफ्नो हातहतियार राखेका थिए । हातहतियार राखेर बाहिरपट्टि एउटा मुर्दा झुन्डयाई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्नगएको भन्ने जनविश्वास रहिआएको छ। उक्त ठाउँ अहिले चमेरे ओढारका नामले परिचित छ ।