[caption id="attachment_28837" align="alignleft" width="350"] फायल फाेटाे[/caption]

नेपालगन्ज/ बाँकेको राप्तीपारि गाविसका नागरिकले विकासको प्रतीक्षा गरेको आधा शताब्दी भयो तर, त्यहाँ विकासको आधारभूत पूर्वाधारसमेत पु¥याउन सकिएको छैन ।

यो तीतो यथार्थ सरकार र राजनीतिक दललाई थाहा नभएको होइन तर, उनीहरुले त्यहाँका गाउँलेलाई दिने भनेको आश्वासन मात्रै हो । त्यस गाउँमा सरकार र राजनीतिक दलका प्रतिनिधि पुग्दा नागरिकसँगको अन्तक्र्रिया वा छलफलमा उनीहरु भोलि नै आकाश झारिदिने कुरा गर्छन् । गाउँलेका लागि भने त्यो ‘विकासको फल आँखा तरी मर’ हुने गरेको छ । अझ विडम्बना त के छ भने, त्यस क्षेत्रका नागरिकको सरल र सहज बजार सम्पर्क सीमापारि भारतीय बजारसँग हुने गर्छ र उनीहरु नेपाली रुपैयाँभन्दा भारतीय रुपैयाँ लेनदेन गर्न रुचाउँछन् । कुल छ गाविस नरैनापुर, कटकुइया, मटेहिया, कालाफाँटा, गङ्गापुर र लक्ष्मणपुरको सङ्गम रहेको बघौडा क्षेत्रका नागरिकले बिजुली बत्ती बाल्ने सपना देखेको वर्षौं भइसक्यो । सरकारीस्तरबाट विद्युत् विस्तारको योजना त आयो तर, ३० वर्षअघि गाडिएको विद्युत्को खम्बामा अझै तार तानिएको छैन । विकासका नाममा जिविसले बत्तीका लागि सौर्य बत्ती बाँड्ने, कच्ची सडकमा बेलाबखत माटो पटान गर्नेबाहेक ठोस काम केही गर्न नसक्दा बघौडावासी सधैँ अभाव र कष्टमा बाँच्न विवश छन् । आगलागी हुँदा, बाढी आउँदा सरकारी र गैरसरकारी निकायको केन्द्रविन्दुमा पर्ने सो क्षेत्र त्यसपछि ओझेलमा पर्ने उदेक लाग्दो स्थिति अझै विद्यमान छ । विकासका नाममा समेत सो क्षेत्रमा आर्थिक लूटमात्रै होइन ब्रह्मलूट नै हुने गरेको जिविसका पदाधिकारी पनि स्वीकार्छन् । लूट भने नियम पूरा गरेर गरिन्छ, विकास योजना सञ्चालन स्थानीय उपभोक्ता समितिमार्फत गर्नुपर्ने प्रक्रियाका कारण