श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत १३ गते शुक्रबार, २७ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र शुक्लपक्षको नवमी तिथि १०ः२८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पुनर्वशु ०३ः४३ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०६ः०० बजे र सूर्यास्त ०६ः१८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम थालनी हुनुका साथै मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायबाट मनग्य धनलाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।परिस्थितिवश चिताएको काममा केही बाधा पुग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरसापटमा रकम बाहिरिन सक्छ। उधारो व्यापारले केही रकम रोकिन सक्छ।
































