विजयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन भएका छन् । संसदीय दलको नेतामा चयन भएसँगै प्रधानमन्त्री बन्ने पनि निश्चित भएको छ ।
बिहीबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
































