अहिले नेपाली राजनीति हिउँको ढिक्काजस्तै जमेर बसेको छ । राजनीतिले कुनै निकास पाउन सकेको छैन । यसलाई पगालेर एकापट्टि निकास नदिएसम्म राजनीतिले सही बाटो नसमाउने निश्चित छ । यस्तो अवस्थाले देशलाई कहीँ पनि लैजाँदैन । राजनीतिलाई यथास्थितिमा अल्झाइराखेर देशलाई अघि बढाउन सकिँदैन । यो यथार्थ दलहरुले नबुझेका होलान् भनेर विश्वास गर्न सकिँदैन तर दलहरु किन बुझेर पनि नबुझेभैmँ गरिरहेका छन् भन्ने बुभ्mन सकिएको छैन ।

राजनीतिलाई सही दिशामा अघि बढाउन निर्वाचनबाहेक अर्को विकल्प छैन र यसका लागि दलहरुबीच सहमति हुनु आवश्यक छ । बहुमत वा राज्यशक्तिको आडमा कुनै एक पक्ष वा समूहलाई बाहिर छाडेर गरिएको निर्वाचनले देशलाई दीर्घकालीन शान्तिको दिशामा नलैजाने निश्चित छ । देशमा विद्यमान् संविधान, ऐन, कानूनलगायत सम्पूर्ण राजनीतिक प्रक्रिया देशको विकास र शान्ति तथा सुशासन र नागरिकहरुको उच्चस्तरीय जीवन निर्माणका लागि हो । यी सबै ऐन–कानून र राजनीतिक प्रक्रिया शान्ति र सुशासन कायम गर्न असफल भएमा यसको कुनै अर्थ हुँदैन । यसर्थ सबै राजनीतिक शक्तिले दलगत वा समूहगत स्वार्थ त्यागेर राष्ट्रिय हितलाई सर्वोपरि मान्नु आवश्यक छ ।सबैले आ–आप्mना अडान नछाड्ने हो भने देश फेरि अर्को द्वन्द्वको गोल चक्करमा फँस्ने सङ्केत देखिँदैछ । त्यो अवस्था कसैका लागि पनि सुखद् हुने छैन । देशलाई यो भयावह अवस्थाबाट जतिसक्दो चाँडो बाहिर निकाल्न आवश्यक छ । लामो सशस्त्र द्वन्द्वले थिल्थिलो बनेको देशलाई अर्को द्वन्द्वमा धकेल्नु कुनै पनि अर्थमा बुद्धिमानी हुने छैन ।

यस विषयमा दलहरु गम्भीर हुनु आवश्यक छ । सबैका सबै माग एकैपटक सम्बोधन हुन सक्दैनन् भन्ने सत्य दलहरुले बुभ्mनुपर्छ र एउटा पक्षलाई भित्तामै पु¥याएर पनि शान्ति स्थापना हुन सक्दैन । यसर्थ दलहरुले ‘विन–विन’ अवस्था सिर्जना हुने गरी निकास पहिल्याउनुपर्छ । देशका अधिकांश पक्षको स्वामित्व हुने गरी संविधानमा थोरै संशोधन गरेरै भए पनि देशमा निर्वाचनको वातावरण सिर्जना गर्नु आवश्यक छ । ठूलो भूभागमा बल प्रयोग गरेर निर्वाचन सम्भव हुँदैन र यसो गर्नु पनि हुँदैन । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर राजनीतिक गतिरोध अन्त्य गर्नु नै एक मात्र विकल्प हो । यसलाई सबै पक्षले मनन् गर्नु आवश्यक छ ।