स्वास्थ्य

    Showing १६१-१७० of ५,४२३ items.
  • बीपीमा टिकट काट्ने समय परिवर्तन

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपीडी टिकट काट्ने समय परिवर्तन भएको छ ।पहिला बिहान ८ बजेदेखि खुल्ने गरेको टिकट काउन्टर अब बिहान साढे ७ बजेदेखि १२ बजेसम्म खुल्ने प्रतिष्ठानले सूचना जारी गरेको छ । दिउँसो भने पुरानै समय २ बजेदेखि ३ बजेसम्म टिकट काट्न सकिने प्रतिष्ठानका सह–प्रवक्ता डा.चूरामणि पोखरेलले जानकारी दिए ।त्यसैगरी प्रतिष्ठानले नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गतको सुविधाका लागि प्रतिष्ठानकै फार्मेसीबाट औषधि किन्नुपर्ने जनाएको छ । सरकारले विपन्न नागरिकका लागि मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाइमर, मिर्गौला रोगका बिरामीहरूलाई

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • १,९४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी सुधारका लागि गठित कार्यदलले प्रतिवेदन बुझायो

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि गठित ९ सदस्यीय कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानको सेवा सुधारको माग गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल गेट अगाडि हामी नेपाल नामक संस्थाले थालेको घोपा बचाउ अभियान आन्दोलनका मागलाई पूरा गर्नका लागि कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले मंगलबार प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष डा. गुरु खनाललाई प्रतिवेदन बुझाएको प्रतिष्ठानका डा. चूरामणि पोखरेलले जानकारी दिए । आन्दोलनको ५६ औं दिनमा धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङको रहोबरमा छलफल बस्दै ५ सदस्यीय समिति गठन गरेको थियो ।

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • २७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आर्थिक अभावले अस्पतालको शय्यामा छट्पटाउँदै बिरामी

    विराटनगर । नेपालको संविधानको मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हकको ग्यारेन्टी गरिएको छ । संविधानको धारा ३५ (३) मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।’ तर, अहिले पनि धेरै नेपालीले आर्थिक अवस्था कमजोर हुँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् ।त्यसको एउटा उदाहरण हुन्; मोरङको धनपालधान गाउँपालिका–५ का ५५ वर्षीय प्रकाश चौधरी भनिने विमलाल सरदार । उनको टाउको र श्वास नलीको शल्यक्रिया गरेको पाँच महिना भयो । खुट्टा भाँचिएपछि चिकित्सकले शल्यक्रिया गरेपछि स्टिल लगाउन सुझाव दिएको छ । तर, पैसा अभावका कारण उनको पूर्ण रूप

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • ३२७ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • १०५ ज्येष्ठ नागरिकले लिए सेवा

    धरान/परिवर्तनका लागि सामाजिक अभियानको पाक्षिक सामाजिक स्वास्थ्य क्लिनिकमा १ सय ५ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।अभियानका अध्यक्ष विष्णु बरालका अनुसार अन्य क्लिनिकभन्दा सबैभन्दा बढी बिरामीहरूको जाँच गरिएको हो । यसअघि ८० भन्दा केही माथिसम्मले उपचार सेवा लिएका थिए । अभियानको यो सत्रौँ संस्करण हो । पाक्षिक रूपमा गरिँदै आएको कार्यक्रमअन्तर्गत यसपटक सिद्धि नेवाः परिषद्सँगको सहकार्यमा कार्यक्रम गरिएको हो । सिद्धि नेवाः परिषद्को हलमा गरिएको कार्यक्रममा मुटु, मधुमेह र उच्च रक्तचापबाट पीडित बनेकाहरूको जाँच गरिँदै आएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा अभियानले यो कार

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ३६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • टिप्पणीः मुलुकको स्वास्थ्य हाँक्ने बीपी आफ्नै भूमरीमा

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुलुकको समग्र स्वास्थ्य नीति परिवर्तन गर्ने हैसियत राख्छ । महारजगञ्ज शिक्षण अस्पताल र वीर अस्पतालपछि मुलुकका २० वटा स्वास्थ्य शैक्षिक संस्थाहरू मेडिकल कलेजहरूको तुलनामा जेठोमात्र नभएर डेढ दर्जन बढी अन्तर्राष्ट्रिय स्तरका नामी विश्वविद्यालयसँग आपसी सम्बन्ध राख्ने प्रतिष्ठान राजनीतिक दलको कोपभाजनमा परेकै कारण अधोगतिमा छ । पछिल्लो समयमा बुधबारदेखि अस्पताल निर्देशकको पद रिक्त भएको छ । अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहको पाँच वर्षे पदावधि सकिएपछि बुधबारदेखि अस्पताल निर्देशकको पद रिक्त भएको हो । हुन त बीपी प्रतिष्ठानमा रजिष्ट्रार प्रा.डा. मोहन

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ३०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फ्रान्समा मंकीपक्सबाट संक्रमित हुने ५१ जना पुगे

    फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स संक्रमणका ७०० केस देखिएका छन् । फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो । उनी संक्रमणमुक्त भएपछि डिस्चार्ज भइसकेका छन् । हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महशुस, हातखुट्टा र अनुहारमा राता फो

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • ४६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पाँचदेखि ११ वर्षका बालबालिकालाई असार ९ देखि खोप

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी गराएका छन्। आज भिडियोमार्फत उहाँले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिए  । पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • ३८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • नगर प्रमुख र वडाध्यक्षले गरे चतरा अस्पतालको संरक्षक र अध्यक्ष पदभार ग्रहण

    वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको चतरा अस्पतालको संरक्षकमा नगर प्रमुख रमेश कार्की र सञ्चालक समितिको अध्यक्षमा वडा नं २ को वडाध्यक्ष होमप्रसाद गौतमले पदभार ग्रहण गरेका छन् । अस्पतालको स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश २०७५ को  दफा ३ को उपदफा ९ को (क) र (ख) अनुसार नगर प्रमुख रमेश कार्कीले संरक्षक र अस्पतालको अध्यक्षमा वडा अध्यक्षमा होमप्रसाद गौतमले पदभार ग्रहण गरेका हुन । अस्पतालको संरक्षकमा नगर प्रमुख र सञ्चालक समितिको अध्यक्षमा वडाध्यक्ष रहने व्यवस्था रहेको अस्पतालका म्यानेजिङ डाइरेक्टर डाक्टर अनिल गिरिले बताए ।बिहीबार अस्पतालको सभा हलमा आयोजना भएको कार्यक्

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • २५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानमा प्रवक्ता नियुक्त

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एक जना डेपुटी अस्पताल निर्देशक, दुई जना सहायक अस्पताल निर्देशक र प्रवक्ता नियुक्ति गरेका छन् । प्रतिष्ठानको अस्पताल सेवालाई अझ बढी पारदर्शी, चुस्त र दुरुस्त बनाउन र सूचना प्रवाहलाई प्रभावकारी बनाउन रिक्त रहेका ती पदहरूमा नयाँ नियुक्ति गरिएको सह–प्रवक्ता डा. चूरामणि पोखरेलले बताए । उनका अनुसार अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन डेपुटी अस्पताल निर्देशकमा एनेस्थेसियोलोजी विभागका एसोसियट प्रोफेसर डा. जगतनारायण प्रसादलाई नियुक्ति दिइएको छ । अस्पताल सेवाअन्तर्गत वार्डहरू, ओटी र इमर्जेन्सी सेवाहरूको रेखदेख, सुपरीवेक्षण, विकास,

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • २५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महामारीबाट किशोरीहरू बढी प्रभावितः सर्वेक्षण

    अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड–१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका करिब १,००० किशोर किशोरीहरूको आहारविहार, शारीरिक क्रियाकलाप, मदिारा र  सुर्तिजन्य वस्तुको प्रयोग, मनोरञ्जनात्मक समय,निद्राको ढाँचामा आधारित भएर गरेको  सर्वेक्षणमा महामारीबाट किशोरीहरू बढी प्रभावित भएका देखिएको हो । दुई वर्षको अध्ययनले २४ प्रतिशत किशोरीहरू महामारीको समयमा कम निद्राबाट पीडित भएका तथा किशोरहरूको तुलनामा उनीहरूको मदिरा सेवनमा पनि वृद्धि भएको देखाएको छ । मानसिक स्वा

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • ५८२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved