Trending Tags

स्वास्थ्य

    Showing १२१-१३० of ५,३९४ items.
  • लामखुट्टेको बासस्थानको खोजी गरी लार्भा नष्ट गरिने

    बिर्तामोड । बिर्तामोड नगरपालिकाले लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने भएको छ । मनसुन सुरु भएसँगै डेङ्गुलगायत रोगहरूको सङ्क्रमण पनि वृद्धि हुने भएकाले त्यसको नियन्त्रणका लागि लार्भा नष्ट गर्न सुरु गरिने भएको हो ।नगरपालिकाले असार ४ गतेदेखि १७ गतेसम्म अभियानका रूपमा लार्भा नष्ट गर्ने कार्यक्रम राखेको जनाएको छ । यसका लागि विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली तयार पारिएको नगरका जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले जानकारी दिए । विषादी छर्किएको ठाउँमा रहेका फलफूल तथा तरकारी ७ दिनसम्म प्रयोग गर्न नहुने र त्यसपछि पनि १४ दिनसम्म काँचै खान नमिल्ने, राम्रोसँग पकाएर मात्रै खानु पर्ने खड

    • प्रकाशित मितिः असार २, २०७९
    • ३६० पटक पढिएको
    • ब्लाष्ट खबर
  • न्यूरोमा एक हजारमै डायलाइसिस

    विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले मिर्गौला पीडित बिरामीहरूका लागि एक हजार रुपैयाँमा डायलाइसिस सेवा दिने भएको छ । अस्पतालमा मिर्गौला पीडित बिरामीहरूको सहजताका लागि एक हजार रुपैयाँमा डायलाइसिस सेवा सुरु गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । अब मिर्गौला खराब भएका बिरामीहरूले डायलाइसिस गर्नु परे न्यूरो अस्पतालले गत वैशाखदेखि विराटनगरको महेन्द्रचौकस्थित सञ्चालनमा ल्याएको अत्याधुनिक सुविधा सम्पन्न हेमोडायलाइसिस भएको ठाउँमा गएर बिरामीले सेवा लिन सक्ने अस्पताल प्रशासनले जनाएको छ । निःशुल्क डायलाइसिस गर्ने अस्पतालहरूमा बिरामीले पालो नपाएर भीड हुने गरेको र सहज रूपमा सेवा प्रवाह नभइरहेको अवस्

    • प्रकाशित मितिः असार २, २०७९
    • ३०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सन्दर्भ विश्व रक्तदाता दिवस : सधैँ रगतको अभाव

    मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाैँतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता खोज्न बाध्य हुने गरेका छन् । वर्षभरिमा झन्डै पाँच हजार जनाले केन्द्रमा नै आएर रक्तदान गर्ने गरेको तथ्याङ्क छ । यी व्यक्तिहरु बिरामीका आफन्तको अनुरोधमा डाकिएका रक्तदाता हुन् । यहाँका अस्पतालमा २० हाराहारी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । विपी कोइराला मेमोरि

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • ३०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा लाइफ केयर फिजियोथेरापी सेन्टरको उद्घाटन

    धरान । धरान १०,  पुतली लाईन (भाटभटेनी सुपर मार्केट नजिक, एभरेष्ट बैङ्कको भूँई तला)मा लाइफ केयर फिजियोथेरापी सेन्टरको आज उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख आतिथिका रहेका धरान उपमहानगरपालिका वडा नं. १० का नवनिर्वाचित वडा अध्यक्ष बिवेक राईले रिबीन काटेर सेन्टरको उद्घाटन गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिवेक राईले यस सेन्टरलाइ सञ्चालनमा ल्याएकोमा खुशि व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा वडा नं. १० को कार्यालयले सक्दो सहयोग गर्ने बताएका छन् । उनले बिरामीहरूको लागि  फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै लाइफ केयर फिजियोथेरापी सेन्टरलाई शुभकामनासमेत दिए ।सेन्टरका

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • ३९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आस्था क्लिनिकले ल्यायो छुट योजना

    विराटनगर । विराटनगर–९ अस्पताल चौकस्थित आस्था क्लिनिक एण्ड डाइग्नोष्टिकले बिरामीहरूको लागि छुट योजना ल्याएको छ । असार १ गतेदेखि क्लिनिकको ल्यावमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको हो । क्लिनिकले आइतबार पत्रकार सम्मेलन गरी असार १ गतेदेखि सुगर, थाइराइड र जण्डिसको जाँचमा ५० प्रतिशत छुट दिइने सञ्चालक कमलेशकुमार कर्णले जानकारी दिए । सुगर, थाइराइड र जण्डिसबाहेक अन्य सम्पूर्ण ल्याव जाँचमा ज्येष्ठ नागरिकहरूलाई २५ प्रतिशत छुट योजना ल्याएको उनले बताए । क्लिनिकमा आएर  स्वास्थ्य उपचार गरेका बिरामीलाई औषधिमा १० प्रतिशत छुट पनि दिएको छ । ‘यो छुट योजनाले १ असारदेखि बिरामीहरूलाई उपचारमा सहज पु¥याउन ल्याएको

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • ३०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग

    प्रतिनिधिसभाका सांसदहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटको विभिन्न शीर्षकमाथि मन्त्रालयअन्तर्गतको छलफलका क्रममा दलीय आधारमा सांसद डा भीम रावलले भारतसँग जोडिएका सिमानाका बारेमा सरकारको जवाफ माग गरे । उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने र संविधानविपरीत कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिए । सांसद खगराज अधिकारीले सहरी विकासमन्त्रीले कास्कीको पोखरामा सबै बजेट कटौटी गरिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा बजेटको कमी भएको तथा जनताको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको बताए । उनले भने, “स्वास्थ्य बीमाका

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • २६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आस्था क्लिनिले ल्यायो छुट योजना

    विराटनगर । विराटनगर ९ अस्पताल चौकस्थित आस्था क्लिनिक एण्ड डाइग्नोष्टिकले विरामीहरूको लागि छुट योजना ल्याएको छ ।असार १ गतेदेखि क्लिनिमा ल्याबमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको हो । क्लिनिकलले आइतबार पत्रकार सम्मेलन गरि असार १ गतेदेखि सुगर, थाइराइट र जन्डिसको जाँचमा ५० प्रतिशत छुट दिइने संचालक कमलेश कुमार कर्णले जानकारी दिए । सुगर, थाइराइट र जन्डिस बाहेक अन्य सम्पूर्ण ल्याब जाँचमा ज्येष्ठ नागरिकहरूलाई २५ प्रतिशत छुट योजना ल्याएको उनले बताए । क्लिनिकमा आएर विरामीले स्वास्थय उपचार गरेका विरामीलाई औषधीमा १० प्रतिशत छुट पनि दिएको छ । ‘यो छुट योजना १ असारदेखि विरामीहरूलाई उपचारमा सहज पुर्याउन ल

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • ३९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चर्को शुल्क तिर्न बाध्य मिर्गौला पीडित

    विराटनगर । मोरङ रतुवामाई नगरपालिका–६ काधुपाडाका ५२ वर्षीया विष्णुकुमारी खड्काका दुवै मिर्गाैला फेल भएको तीन वर्ष भयो । उनी दुई वर्षदेखि कोसी अस्पतालमा हप्ताको दुई पटक डायलाइसिस गर्न नियमित आउने गरेकी छन् । कोसी अस्पतालमा ‘एभी फिस्टुला’ बनाउने जनशक्ति नभएपछि उनी नोबेल अस्पतालमा गइन् । उनले १५ हजार रुपैयाँ नोबेलमा तिरेपछि हातमा एभी फिस्टुला बनाइदिए । त्यसपछि अहिले उनले कोसी अस्पतालमा हप्तामा दुई पटक निःशुल्क डायलाइसिस गर्दै आएकी छन् ।‘निःशुल्क डायलाइसिस त भयो । डायलाइसिस  गर्नुभन्दा अगाडि गरिने एभी फिस्टुला बनाउने दक्ष चिकित्सक पनि कोसीमा राखिदिएको भए हामीजस्तो विपन्न परिवारका बिरामीको लागि

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • ३०५ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • न्यूरोको निःशुल्क शिविरबाट उपचार पाएपछि बिरामी हर्षित

    विराटनगर। विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले मोरङको रङ्गेली नगरपालिका– ५ आँपगाछीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्थानीय जनता माध्यमिक विद्यालयमा शुक्रबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० जना बिरामीको उपचार गरेको न्यूरो अस्पतालले जनाएको छ । शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली पुगेर बिरामीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा न्यूरो अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ शैलजा क्षेत्री (श्रेष्ठ), न्यूरो सर्जन डा. आशिषजङ थापा, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. निशा अधिकारी, वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद स

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • २६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गाउँपालिका टोलटोलमै पुगेर स्वास्थ्य परीक्षण

    बागलुङको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ । अध्यक्ष घर्तीमगरले भने, “उहाँहरुलाई स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गरा

    • प्रकाशित मितिः जेठ २८, २०७९
    • २५० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved