धरान । रोटरी क्लव अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विरामीका लागि व्हीलचेयर र ट्रली सहयोग गरेको छ ।
विहीबार प्रतिष्ठान परिसरमा उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठ, रजिष्टार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलालगायतको उपस्थितिमा क्लवले २२ थान व्हीलचेयर तथा ६ थान ट्रली हस्तान्तरण गरिएको क्लवका सचिव मुकेश अग्रावालले जानकारी दिए ।
































