राजनीति

    Showing ४१-५० of १,७२० items.
  • समुदायस्तरमा कोरोना फैलियोः मुख्यमन्त्री

    धरान /  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको दाबी गरेका छन् । वर्षे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा शुक्रबार मुख्यमन्त्री राईले कोभिड–१९ समुदायस्तरमा फैलिएको बताएका हुन् । उनले आजको मितिसम्म आइपुग्दा सङ्क्रमण जनस्तरमा पुगेको बताए । प्रदेश सरकार कोभिड–१९ को उपचार र नियन्त्रणमा सफल रहे पनि हुन सक्ने जोखिमबाट बच्न नागरिकस्तरबाट सुरक्षा अपनाउन आग्रह गरे । उनले पीसीआर परीक्षणको दायरा बढाउने आश्वासन दिए । प्रदेश सरकारलाई स्वीस सरकारले दुईवटा पीसीआर परीक्षण गर्ने मेसिन प्रदान गरेको छ । उनले सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि रेड जोन र ग्रीन

    • प्रकाशित मितिः श्रावण १०, २०७७
    • ४७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेशसभामा सांसदको प्रश्न, के नेपालमा न्याय मरेको हो ?

    देउराली । प्रदेश नम्बर १ को प्रदेश सभामा सांसद अम्बिका थापाले नेपालको न्याय प्रणालीमाथि प्रश्न उठाएकी छिन् । उनले श्रीमती हत्या अभियोगका अभियुक्त रञ्जन कोइरालालाई सर्वाच्च अदालतले ८ वर्षको मात्र सजाय हुने फैसला सुनाएको प्रति आक्रोश व्यक्त गर्दै श्रीमती हत्या गर्ने कोइरालालाई छुटकारा दिएको बताएकी छन् । आज बसेकाे प्रदेशसभाको छैठाैं तथा बजेट अधिवेशनको ३७ औं बैठककाे शून्य समयमा बोल्दै उनले भनिन् ‘के नेपालमा न्याय मरेको हो त ?’ उनले जिलला अदालत र तात्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) ले सर्वस्वसहित जन्मकैद गर्नुपर्छ भन्ने फैसलाबारे भनिन् ’सर्वोच्चमा चोलेन्द्रप्रसाद जवराज्यूल

    • प्रकाशित मितिः श्रावण ९, २०७७
    • २२२ पटक पढिएको
    • डम्बर कार्की
  • अमेरिकी थप सहरमा सङ्घीय सुरक्षा अधिकारी पठाउने ट्रम्पको चेतावनी

    एजेन्सी / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारीहरूलाई पठाउन लागेका छन्। विभिन्न सहरमा हिंसा भड्किरहेका बेला रिपब्लिकन तर्फबाट राष्ट्रपति बनेका ट्रम्पले शिकागो र अन्य दुई डेमोक्र्याटिक पार्टीका नेताहरूले चलाएका सहरमा संघीय सुरक्षा अधिकारीहरू पठाउन लागेका हुन्। तर यसअघि पोर्टल्याण्ड ओरेगनमा गरिएको संघीय सुरक्षा अधिकारीको परिचालन विवादास्पद बनेको थियो। पोर्टल्याण्डका स्थानीय अधिकारीहरूले संघीय सुरक्षा अधिकारी परिचालन गरिएपछि त्यसले जातिवाद विरोधी प्रदर्शनकामाझ तनाव निम्त्याएको बताएका छन्। अमेरिकी थप सहरमा सङ्घीय सुरक्षा अधिकारी पठाउने ट्रम्पको चेतावनी

    • प्रकाशित मितिः श्रावण ८, २०७७
    • १२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • १४ औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई शेखर कोइरालाको निर्देशन

    इटहरी  /  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । गाउँ–गाउँमा पार्टीको चुनावी सरगर्मी बढाउँदै महाधिवेशनको तयारीमा लाग्न कोइरालाले अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ (१) ले महामानव बीपी कोइरालाको ३८ औं स्मृति दिवसका अवसरमा आयोजित अग्रज सम्मान कार्यक्रममा बोल्दै कोइरालाले सो कुरा बताएका हुन् । पार्टी कार्यकर्ताहरूमा पार्टीको महाधिवेशन हुने नहुने अल्मल भइरहेको बेला नेता कोइरालाले पार्टीको महाधिवेशन गराउने

    • प्रकाशित मितिः श्रावण ८, २०७७
    • ८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आर्थिक समृद्धिका लागि बैचारिक तयारी भएन : सांसद सुदन किराँती

    भोजपुर । भोजपुरबाट निर्वाचित संघीय सांसद सुदन किराँतीले देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि बैचारिक तयारी नभएको बताएका छन् । जिल्लाको रामप्रसादराइ गाउँपालिका वडा नम्बर एक ओख्रेमा आयोजित ‘‘वर्तमान समयमा युवाको भूमिका’’ नाकम बिमर्श कार्यक्रमलाई सोमबार सम्वोधन गर्दै सांसद किराँतीले यस्तो बताएका हुन् । ओख्रे युवा क्लवको आयोजनामा भएको कार्यक्रममा सांसद किराँतीले देशमा बैचारिक तयारी नभएकै कारण नेपालका राजनितिक दहहरुमा गम्भिर समस्या आएको दावी गर्नु गरे । कार्यक्रमका प्रमुख अथिति समेत रहेका सांसद किरातीले बिचारको ठोश संश्लेषण गरेर आर्थिक बिकाश र समाज रुपान्तरणको ब

    • प्रकाशित मितिः श्रावण ७, २०७७
    • ३०५ पटक पढिएको
    • सन्देश किराती
  • नेकपाको खटपटमा महाधिवेशन ‘कार्ड’

    धरान /  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको खटपट अब महाधिवेशनबाटै टुङ्गिने सङ्केत देखिएको छ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महाधिवेशनको कार्ड’ अगाडि सारेपछि रुष्ट बनेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्षस्थ नेताहरू त्यसमा सहमत देखिएका हुन् । केही समयअघि प्रधानमन्त्री ओलीले सरकार गिराउनका लागि आफ्नै पार्टीका नेतृत्व तहका नेताहरू भारतीय दूतावाससँग साँठगाँठ गरिरहेको बताएपछि पार्टीका शीर्षस्थ नेताहरू रुष्ट बनेका थिए । त्यसयता पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग भेटघाटदेखि लिएर प्रधानमन्त्री ओलीसँग ‘वान टु वान’ वार्

    • प्रकाशित मितिः श्रावण ७, २०७७
    • ८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतीय ज्यादतीविरुद्ध धरानमा प्रदर्शन

    धरान / भारतले सीमा क्षेत्रमा गरिरहेको ज्यादतीविरुद्ध धरानस्थित पिण्डेश्वर विद्यापीठका विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।आइतबार क्याम्पस परिसरमा भारतीय ज्यादती बन्द गर, नेपाल सेना परिचालन गर लगायतको प्ले–कार्ड बोकेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए । पर्साको ठोरीस्थित अयोध्यापुरी क्षेत्रका सीमा स्तम्भहरू भत्काइएको विषयमा स्थानीय जनता प्रतिकारमा उत्रिएको भिडियो भाइरल भएपछि धरानका विद्यार्थीहरूले पनि सरकारलाई सचेत गराउन प्रदर्शन गरेको सक्षम भट्टराईले जानकारी दिए । उनले भारतले गरेको ज्यादतीविरूद्ध प्रदर्शन गरिएको बताए । विद्यार्थीहरूले ठोरीस्थित प्राचीन अयोध्यापुरी अन्वेष

    • प्रकाशित मितिः श्रावण ६, २०७७
    • ११९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मनमोहन प्राविधिक विश्वविद्यालयमा भ्रष्टचारको अखडा–सचेतक कार्की

    विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्यले प्रदेश १ सरकार मातहतमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय भ्रष्टाचारको अखडा बनेको आरोप लगाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले यस्तो आरोप लगाएका हुन् । ‘मनमोहन पोलिटेक्निकलाई विश्वविद्यालय मातहत ल्याएको घोषणा गरियो,’ प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै कार्कीले भने, ‘अहिले फेरि अनेक नाममा पोलिटेक्निकलाई बजेट खन्याउने काम भइरहेको छ । जग्गा किन्ने सूचना जारी भयो तर एक करोडको लेनदेन नहुने भएपछि सूचना रद्द गरिएको छ ।’ मुख्यमन्त्रीले छ

    • प्रकाशित मितिः श्रावण ५, २०७७
    • २२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रतिकुल मौसमका कारण मुख्य मन्त्रीको कार्यालय घेराउ गर्ने कार्यक्रम अवरुद्ध

    उर्लाबारी । मंगलबारे अस्पतालकोको नाम परिवर्तनको बिरुद्ध सोमबार मुख्य मन्त्रीको कार्यालय बिराटनगर घेराउ सहितको धर्ना बस्ने कार्यक्रम प्रतिकुल मौसमका कारण प्रभावित बनेको छ । सावीकको मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर राख्ने घोषणा गरे पछि उक्त घोषणाको बिरोध गर्दै सत्तारुढ नेकपा वाहेकका चार राननितीक दलले जेष्ठ २६ गते देखि असार ७ गते सम्म बिरोधका विभीन्न किसीमका आन्दोलन गरी असार ९ गते देखि रिले अनसन गर्दै आएका छन । नाम परिवर्तनकोे बिरोध गर्दै रिले अनसन गरेको अठ्ठाईसौ दिन पुगी सक्दा पनि सरकारले आन्दोलनको बिषयमा वास्ता नगरे पछि मंगलबारे अस्पताल संघर्ष सम

    • प्रकाशित मितिः श्रावण ५, २०७७
    • १९८ पटक पढिएको
    • मदनबाबु प्रसाई
  • भारतीय ज्यादतीविरुद्ध धरानको पिण्डेश्वर विद्यापीठका विद्यार्थीहरूद्वारा प्रदर्शन

    धरान । भारतले सीमा क्षेत्रमा गरिरहेको ज्यादतीविरुद्ध धरानको पिण्डेश्वर विद्यापीठका विद्यार्थीहरू शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आइतबार विद्यार्थीहरूले क्याम्पस परिसरमा भारतीय ज्यादती बन्द गर, नेपाल सेना परिचालन गर् लगायतको प्लेकार्ड बोकेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् । पर्साको ठोरीस्थित अयोध्यापुरी क्षेत्रका सीमा स्तम्भहरू भत्काइएको विषयमा स्थानीय जनता प्रतिकारमा उत्रिएको भिडियो भाइरल भएपछि धरानका विद्यार्थीहरूले पनि सरकारलाई सचेत गराउन प्रदर्शन गरिएकाे सक्षम भट्टराइले जानकारी दिए ।  उनले भारतले गरेकाे ज्यादतीविरूध्द प्रदर्शन गरिएकाे बताए । विद्यार्थीहरूले ठोरीस्थित प्र

    • प्रकाशित मितिः श्रावण ५, २०७७
    • २१९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved