विजयपुर । सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री साहले बिहीबार नै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । ]

खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि उनको स्थानमा साहलाई नियुक्त गरिएको हो ।

सुनसरी–४ बाट निर्वाचित साहले मन्त्री नियुक्त भएसँगै बिहीबार नै मन्त्रालय पुगेर पदीय जिम्मेवारीसमेत सम्हालेका छन् ।