Trending Tags

मनोरञ्जन

    Showing ११-२० of ३,००९ items.
  • लघु चलचित्र कर्तव्य सार्वजनिक

    विजयपुर । प्रकाश लिम्बूद्वारा निर्देशित लघु चलचित्र ‘कर्तव्य’ सार्वजनिक भएको छ ।जुरेली फिल्म्स प्रा.लि. को पहिलो प्रस्तुति लघु चलचित्र ‘कर्तव्य’ बुधबार धरानमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो । चलचित्रको निर्माण राकेश राई र विनोद रसाइली ‘जुरेली’ ले गरेका हुन् । चलचित्रको छायाङ्कन तथा सम्पादन एडम लिम्बूले गरेका हुन् । चलचित्रमा कलाकारहरू शारदा शाक्य, गुन्सरी तामाङ, सुजता शेर्पा, नरेश विश्वकर्मा, विशाल सुनुवार, लक्ष्मण खनाल, सुवार राई, उमा चाम्लिङ, कल्पना खड्का, नवीन रम्तेल, सुजन रसाइली र मनोज तिवारीले अभिनय गरेका छन् । बालकलाकार आभाश लिम्बू र प्रकाश लिम्बूले पनि अभिनय गरेका छन् । लघु चलचित्

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ९३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मिस्टर एण्ड मिस लिटल कोशी हुँदै

    विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगिताको पहिलो अडिसन मंसिर ११ गते सुनसरीको इटहरी र विराटनगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । ‘प्रतियोगितामा सहभागि हुने इच्छुकहरूको लागि हामीले आवेदन खुल्ला गरिएको छ । अनलाइनको माध्यमबाट पनि फारर्म भर्न सकिने व्यवस्था हामीले मिलाका छौं,’ उनले भनिन् । प्रतियोगितामा कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले भाग लिन पाउनेछन् । प्रतियोगिाको फाइनल आगमी पुस १५ गते गर्न

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • १०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • डोल्पामा बुलाकीको धमाधम छायाङ्कन

    धरान । डोल्पाका ग्रामीणभेगमा नेपाली फिल्म बुलाकीको छायाङ्कन सुरु गरिएको छ । हालसम्म ३५ प्रतिशत छायाङ्कन पूरा गरिएको जनाइएको छ । डोल्पाको त्रिपुरा नगरपालिकाका ग्रामीणभेगमा फिल्मको छायाङ्कन जारी छ । छत्रेश्वरी म्यानेजमेण्ट प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका हुन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता विराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीलगायत छन् । कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको छायाँकार शिब ढकालले बताए । फिल्मको पूरा छायाङ्कन सकिन अझै दुई साता जति लाग्ने बताइएको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • ९७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मनाकामनामा खेमराज गुरुङ सम्झिँदै राजेश पायल राई

    संखुवासभा । खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटार स्थित मनकामना धाममा लाग्ने एतिहासिक एकादशी बजारमा गायक राजेश पायल राईले प्रस्तुति दिएका छन् । एकादशी बजारको अवसारमा आयोजित खेमराज गुरुङ स्मृति साँझमा उनले करिब एक घण्टा बढि प्रस्तुति दिएका हुन् । कोरोनाका कारण नलागेको मेला २ बर्षपछि लाग्दा खेमराज गुरुङ स्मृति साँझ आयोजना गरिएको थियो । उनीसंगै गायक कमल खत्री, गायिकाहरु मेलिना मैनाली र एलिना चौहान सहित दर्शन बढि कलाकारहरुले प्रस्तुति दिएका थिए । जिल्लाका संयोगान्त कुलुङ, नविन दाहाल, आशा अस्मी वान्तवा लगायतले प्रस्तुति दिएका थिए । लगातार दुईबर्ष पछि लागेको बजारमा हजारौं मानिसको भिँड थियो ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १६८ पटक पढिएको
    • खेवाहाङ मेवाहाङ
  • ‘चाँदनी’मा प्रकाश र केकी

    धरान । पृथ्वी इण्टरटेनमेण्टले ‘चाँदनी’ बोलको लोकगीत सार्वजनिक गरेको छ । गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको गीतको लय तथा शब्द सुजन लम्सालको रहेको छ । गीतमा एरेञ्ज सुनिल परियारले गरेका छन् । काठमाडौंमा भएको भिडियो सार्वजनिक कार्यक्रमका सभापति पृथ्वी इण्टरटेनमेण्टबाट प्रमुख पृथ्वी थकालीले गीतसङ्गीतको क्षेत्रलाई सदैवमा माया गर्ने र निरन्तरताका लागि नयाँ कोसेली स्वरूप गीत सार्वजनिक गरिएको जानकारी गराए । कार्यक्रममा बोल्दै गायक रामजी खाँडले गीतको अडियो नै सुरुमा बलियो लागेकोले आफ्नो मन छोएको बताए । उनले अडियोपछि भिडियो पनि उस्तै राम्रो भएकाले दर्शकले मन पराउनेमा आफू आशावादी रहेको ब

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ मा बृहत् राष्ट्रिय चलचित्र महोत्सव गर्ने याेजनामा चलचित्र विकास बोर्ड

    प्रदेश १ मा बृहत् राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने उद्देश्यका साथ चलचित्र विकास बोर्डले सरोकारवालासँग आज भेटघाट गरेको छ । पहिलो चरणमा सुनसरी र मोरङ जिल्लाका सरोकारवालालाई बोर्डले भेटघाट गरेको हो। चलचित्र विकास बोर्डले वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, सुनसरी उद्योग वाणिज्य सङ्घ अध्यक्ष गिरिधारी सापकोटा, होटल एसोसिएसनका अध्यक्ष सरोज भट्टराई र उद्योग वाणिज्य सङ्ग इटहरीका अध्यक्ष भीम पौडेल  लगायतलाई भेटेका छन् । अब दोस्रो चरणमा प्रदेशका अन्य जिल्लामा पनि भेटघाटको कार्यक्रम गरिने बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । चलचित्रलाई च

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा प्रस्तुति दिंदै तृष्णा गुरुङ

    धरान । युवापुस्ता माझ चर्चित गायिका तृष्णा गुरुङले शुक्रबार धरानमा प्रस्तुति दिने भएकी छन् ।धरानको पुतलीलाईन स्थित फ्रेन्ड्स गार्डेन रेष्टुरेन्टले आयोजना गर्न लागेको ‘फ्रेन्ड्स म्युजिकल नाइट’मा उनले विभिन्न गीत प्रस्तुती दिने भएकी हुन् । उनका ‘खानी ओ यामु, गाइने दाजैले, माया पिरती लगायतका गीत युवापुस्ता माझ चर्चित छन् । कार्यक्रममा तृष्णासँगै बादल लिम्बू, निमा तामाङ, अनिस सुब्बा, डीजे एल्विना लिम्बूलगायतको पनि प्रस्तुति रहने बताइएको छ । शुक्रबार साँझ ७ देखि रातको १० बजेसम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । फ्रेन्ड्स गार्डेनले यसअघि पनि विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • १८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • म्यान्माकी स्विकीलाई गोल्डेन कला अवार्ड, नेपाली दुई कलाकार पनि पुरस्कृत

    अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर ( ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका सिर्जना पनि पुरस्कृत हुने सूचीमा समावेश छ ।नेपालको आट्समेट इन्टरनेसनल र एनवी गुरुङ आट्स स्टुडियोको सहकार्यमा आगामी डिसेम्बर १० देखि १५ सम्म अनलाइनमार्फत हुने अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी उक्त कलाकृतिबाट स्विकीको सिर्जना उत्कृष्ट हुँदै गोल्डेन अवार्ड प्राप्त गरेको हो । स्थानीय गाउँले परिवेशको ‘मानव दैनिकी’ शीर्षकको सिर्जना प्रतिस्पर्धामा समावेश छ । उक्त प्रदर्शनीमा ४६ देशका ३०२ कलाकृतिहरु

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • १३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • 'सुखमा पनि दु:खमा पनि' भन्दै आए ज्ञान सुब्बा

    धरान र हंगकंगमा बसेर नेपाली स्तरिय गीत –संगीत पस्किने गायक ज्ञान सुब्बाले आफ्नो अर्को नयाँ गीत 'सुखमा पनि दु:खमा पनि' को म्युजिक भिडियाेसहित आफ्नो युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गरेका छन्। गीतकार राई डी हाङ्गखिमको शब्दमा बरीष्ठ  संगीतकार दिनेश सुब्बाको कर्णप्रिय संगीत रहेको गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ ; भने,  मिन बिस्टले  मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्। सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको युगल अभिनय रहेको प्रेमभावको गीतको नृत्य सुनिल मगर , छायाँकन गोपाल मगर , सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्ग्मा योञ्जनको रहेको छ।  आफ्नो भ

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शिल्पीको ‘ठूलामाछा सानामाछा’ प्रदर्शन

    धरान । नाट्य संस्था शिल्पी थिएटरले धरानमा ‘ठूलामाछा सानामाछा’ प्रदर्शन गरेको छ । सोमबार साँझ धरान सभागृह प्राङ्गणमा प्रदर्शित नाटकले आम मान्छेका समस्याहरूको उठान गर्यो । नेपालमा मालपोत, यातायातदेखि कृषिसम्म फैलिएका बिचौलिया र सरकारी कर्मचारीको मिलेमतोमा सर्वसाधारण कसरी पीडित बनिरहेका छन् ?, ठेकेदार र जनप्रतिनिधिको मिलेमतोमा विकासको  गति कता गइरहेको छ ? जस्ता प्रश्नहरूको जवाफ नाटकले दिन्छ । नाटकले एम्बुलेन्स चालकदेखि अस्पतालसम्मले कसरी बिरामीका आफन्तलाई लुट्छन् भन्ने पनि यथार्थ चित्रण गरेको छ । सभागृह प्राङ्गणमा खुला ठाउँमै नाटक प्रदर्शन भएको थियो । जसलाई शिल्पीले ‘मुक्त रङ्गमञ्च’ भनेको छ

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • १७५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved