धरान। चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।
आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रशान्तका निकट फिल्मकर्मी राजेश घतानीले जानकारी दिएका हुन्।
दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरेका छन्। प्रारम्भिक जानकारीअनुसार उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ।
इन्डियन आइडलका विजेता समेत रहेका प्रशान्त तामाङले थुप्रै नेपाली गीतहरू गाउनुका साथै आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका छन्। उनका चर्चित नेपाली फिल्महरूमा ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी–२’ रहेका छन्।
































