अपराध

    Showing १११-१२० of २,१८९ items.
  • सुनसरीको छुट्टाछुट्टै स्थानबाट दुई लागूऔषध कारोबारी पक्राउ

    धरान । लागूऔषधसहित सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानमा दुई युवालाई पक्राउ गरेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट आइतबार बिहान सोही गाउँपालिका–८ का शिवशंकर मेहतालाई लागूऔषधसहित पक्राउ गरिएको छ । हिँडिरहेको अवस्थामा झोला जाँच गर्दा डाइलेक्स डिसी २१ बेतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र ३७ ट्याब्लेट नाइट्रोसन बरामद गरिएको छ । पक्राउ परेका मेहतालाई लागूऔषध नियन्त्रण ऐन बमोजिम कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीको सूचना तथा सञ्चार शाखाले जनाएको छ । त्यस्तै आइतबार नै बर्जु गाउँपालिका–३ बाट विराटनगर १६ का सन्तोष मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • ९३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापामा जुवाकाे खालबाट ७ जना पक्राउ

    बिर्तामोड । झापा प्रहरीले कनकाई नगरपालिकाबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेल्दै गरेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले सोही स्थानका जुवाडेलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीको बिषेश टोलीले कनकाई नगरपालिका–३ का बिष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल, ओमप्रकाश चापागाईँ, कनकाई नगरपालिका–४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले जुवाको खालबाट गलैंचा, क्याण्डिड पाउडर, ७१ हजार १० रुपैंयाँ नगद र १६ थान कौडा बरामद गरेको जनाएको छ । कनकाई नगरपालिका–३ टप्पु टोलमा रहेको चेतन कुमार प्रसाईको घरमा लामो स

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • १२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सीमामा सशस्त्र प्रहरीले ज्यादती गरेकाे स्थानीयकाे गुनासाे

    मिकाइल आलम   भण्टाबारी । विना कारण सशस्त्र प्रहरीले कृषकलाई कुटपिट गरेको भन्दै सीमावर्ती क्षेत्रका स्थानीय आक्रोशित भएका छन् । सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको ज्यादती बढेको गुनासो गर्दै सुनसरीका कृषकहरुले त्यस्ता आरोप लगाएका हुन । सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रको सीमामा बसोबास गर्ने स्थानीयहरुले आफूहरू कोरोना भाइरसको भन्दा पनि सशस्त्र प्रहरीको दमन र कुटपिटबाट पीडित बनेको स्थानीय रामेश्वर मेहताले गुनासो गरे ।   कोरोनाको कहर कारणले प्रभावित भन्दा सशस्त्र प्रहरीको नजगाराना असुली धन्दा, किसानलाई मकै उठाउन गरेको अवरोध र अनावश्यक कुटपिट तथा यातना दिने घटनाले त्रसित बनेक

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • १२० पटक पढिएको
    • मिकाइल आलम
  • भण्टाबारीमा कारकाे ठक्करबाट ७ बर्षीय बालकको मृत्यु

    भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीमा कारको ठक्करबाट एकबालकको मृत्यु भएको छ । शनिबार अन्दाजी १ बजेको समयमा बा १६ च १९३० नम्बरको कारको ठक्करबाट स्थानीय एक ७ बर्षिय बालकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयवासीले केही सडक बन्द गर्दै नाराबाजी गरेका थिए । बालकको शवलाई पोस्टमार्टमको लागि इनरुवा लाने तयारी गरिएको छ् भने ठक्कर दिने कार र चालक स्थानीय प्रहरीको नियन्त्रणमा छ ।

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • १३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ट्याक्टर दुर्घटनामा १ बालिकाको मृत्यु

    उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–७ बाघखोरमा स १ त ५१०७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिका–६ का ९ वर्षीया विविषा पाण्डेको मृत्यु भएको हो । शुक्रबार दिउँसो करिब ५ बजे अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर चालक बिदुर पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक बालिका ट्याक्टर चालककै छोरी रहेको जिप्रकाले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • १०६ पटक पढिएको
    • सिंह चाम्लिङ राई
  • सर्लाहीमा भारतीय पक्षले सशस्त्रको हतियार खोस्न खोजेपछि झडप, एकको मृत्यु

    धरान । प्रदेश २ को सर्लाहीस्थित दशगजा क्षेत्रमा भारतीय नागरिकहरू नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलले रोक्न खोज्दा झडप भएको छ । भारतीय नागरिकहरू जबर्जस्ती प्रवेश गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ तर सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पोसराज पोखरेलले मृत्यु भएको खबर आए पनि अझै पुष्टि हुन नसकेको जानकारी दिए । उनका अनुसार तीन जना भारतीय घाइते बनेको र ३ जना सशस्त्र प्रहरी पनि घाइते बनेका छन् । सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बललाई एक हुल भारतीय जत्था आएर हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायर गर्दा पनि

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • ३३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • श्रीमतिसहित तीन जना विरूद्ध अदालतमा मुद्दा दर्ता

    अनिल श्रेष्ठ विराटनगर /  विराटनगरका औषधि व्यवसायी ३३ वर्षिय देवीप्रसाद दुलालको हत्या आरोपमा प्रहरी पक्राउ गरेको श्रीमतिसहित तीन जनालाई अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले दुलालको हत्या आरोपमा पक्राउ परेकी श्रीमति मीना श्रेष्ठ, सिराहा लहान नगरपालिका १० घर भई हाल विराटनगरमा बस्ने २१ वर्षिय ब्रहमदेव साह र इटहरी उपमहानगरपालिका १२ का २० बर्षीय सोनु साहलाई प्रतिवादी बनाएर बिहीबार कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता भएको हो । इटहरी–१२ खनार घर भई विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्ने दुलालको गत जेठ ४ गते श

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • ३९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • खाटबाट लड्दा १६ वर्षीया बालिकाको मृत्यु

    धरान । सुनसरी कोशी गाँउपालिका–३ की १६ वर्षीया अञ्जिता उराँवको लडेर मृत्यु भएको छ । बुधबार अपरान्ह ४ बजेतिर आफ्नै घरमा खाटमा बसेर टेलिभिजन हेर्दै गरेको अवस्थामा अचानक लड्दा बेहोस बनेकी थिइन् । उनलाई उपचारको लागि लैजाने क्रममा ५ः१५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको विषयमा कानूनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • १५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ओखलढुंगाबाट एक युवा भरुवा बन्दुकसहित पक्राउ

    धरान । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा एक युवालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सुनकोशी–४ का २६ वर्षीय युवराज राईलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । मानेमञ्याङ गाउँपालिका–८ मा भरुवा बन्दुक लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । सुनकोशीको प्रहरी चौकी हर्कपुरबाट खटिएको टोलीले युवराजलाई पनि पक्राउ गरेको थियो । प्रहरीले घटनामा संलग्नलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • ८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रिहा हुन लागेका सदा कसरी प्रहरी हिरासतमा ज्यान गयो

    गणेश कुमार ठाकुर सिरहा /  धनुषा प्रहरी हिरासतभित्र सदाको संकास्पद मृत्यु,आत्महत्या वा हत्या के ? ।धनुषाको सवैला नगरपालिका वडा १२ बर्कुरवाका  बर्ष २४ को शम्भु सदा मुसहर इलाका प्रहरी कार्यालय सवैलाको थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिए । उनको आत्महत्या वा हत्या बन्ने विषयमा बहस पनि शुरु भएको छ । घटनाको प्रकृति हेर्दा मृत सदाको मुखमा आफैले लगाएको भेस्ट,सर्टलाई प्रयोग गरि झुण्डिएको देखिएको छ । सर्टको केही भाग मुखमा कोचिएको अवस्थामा भेटिएको थियो । आफ्नो छोरालाईहत्या गरिएको भन्दै छानविन गर्न आमा स्यालीदेवि सदालेमाग गरेकीछन् ।  इलाका प्रहरी माथि ढुङ्गामुढा प्रहार सम

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • ३९१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved