विजयपुर । सुनसरीको इटहरीबाट प्रहरीले करिब ५ लाख ९५ हजार रुपैयाँ बराबरको भन्सार छली ल्याइएको अवैध सामान बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मंगलबार इटहरी–९ स्थित बीपी चोकबाट सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बरामद सामानमा १५० किलोग्राम खुला सुर्ती, ‘जेनुइन ब्याक ब्याग’ लेखिएका ५० थान झोला र ‘डफ्लेटानिन क्यारिङ ब्याग’ लेखिएका ३० थान झोला रहेका छन् ।

बरामद सामानको कुल मूल्य ५ लाख ९५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।