धरान / प्रथम अन्तर छात्र छात्रा विद्यालय स्तरिय बाँस्केटवल प्रतियोगितामा डिपो, लोटस, आइडल र पर्वत स्कुल फाइनल प्रवेश गरेको छ । शनिवार भएको छात्र तर्फको सेमिफाइनल खेलमा डिपो स्कुलले विष्णु स्कुललाई ३२–४ अंकले र लोटस स्कुलले कार्मेल स्कुललाई २६–२५ अंकको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । सोही दिन भएको छात्रा तर्फको सेमिफाइनल खेलमा पर्वतले पदमलाई २२–८ र आइडलले डिपो स्कुललाई १२–५ अंकको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरको छ ।
छात्र तर्फको खेलको प्रत्येक क्वाटरमा डिपो र विष्णु स्कुलले ११ –०, १० –२, ४–० र ६–२ अंक, लोटस र कार्मेलले ४–४, १० –६, ४–११ र ८–४ अंक जोड्न सफल भएका थिए । त्यस्तै गरि छात्रा तर्फको खेलमा पर्वत र पदम स्कुलले ६–०, ८–२, ५–२ र ३–४ अंक र आइडल डिपो स्कुलले २–०, ६–२, ४–० र ं०–३ अंक जोडेका छन । फाइनल खेल आइतवार विहान ८ वजे छात्रा तर्फ पर्वत र आइडल र छात्र तर्फ डिपो र लोटस स्कुल विच हुनेछ । प्रतियोगिता पुर्व जुनियर पायनोर विद्यार्थी संगठनको आयोजना तथा जिल्ला बास्केटवल संघ सुनसरी र धरान बास्केटवल संघ, धरानको सहयोगमा आयोजना भएको हो । प्रतियोगितामा छात्र तर्फ ८ र छात्रा तर्फ ६ वटा विद्यालयले सहभागिता जनाएको छ । फाइनल खेल छात्र तर्फ आइतवार विहान ८ वजे र छात्र तर्फ विहान ९ वजे हुने प्रतियोगिताका संयोजक चिरन्जिवि गिरिले जनाए ।