धरान / जुवाको खालबाट सात भारतीयसहित ९ जनालाई धरान प्रहरीले सोमबार बिहानको राति पक्राउ गरेको छ । धरान–९ आचार्यलाइनमा फ्लास र म्यारिज खेल्दै गरेको अवस्थामा ७ भारतीय र २ जना नेपाली पक्राउ परेका हुन् । उनीहरूलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी सोमबार म्याद थप गरिएको छ । उनीहरूको साथबाट ६ बुङ तास बरामद गरिएको छ । त्यस्तै ५७ हजार २ सय ७० रुपैयाँसहित ६ हजार २ सय भारतीय रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार प्रवेश द्वारको ढोका लगाएर भारतीय नागरिक देवचन्द्र चौधरीको भाडामा लिएको कोठामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्ने भारतीय नागरिकमा राजेश राम, दीपक चौधरी, पिंकु चौधरी, समील अली, पवनकुमार चौधरी र सुमित चौधरी छन् । त्यस्तै धरान–९ का गणेशकुमार कलवार र शेखर चौधरी पनि समातिएका छन् । उनीहरूलाई भदौं १ गतेदेखि लागू भएको अपराध संहिता अन्तर्गत जुवा ऐनमा कारबाही हुने उनले जानकारी दिए ।

ब्लाष्टखबर युट्युब