यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार उपचार फरक पर्छ। १. संवेदनशीलतामा प्रयोग गर्ने मन्जनहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ। २. यदि गिजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ। ३. दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ। ४. दाँत किराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ। ५. यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ। ६. सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नुपर्छ। ७. नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ। ८. यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा रुट क्यानल उपचार गराउनु पर्ने हुन सक्छ।

सास गन्हाउने समस्या र समाधान सास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन्। सास गन्हाउने अनेक कारण छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ। तीमध्ये सास गन्हाउने केही कारण र त्यसबाट छुट्कारा पाउने उपाय यहाँ उल्लेख गरिएको छ ।

खाना– यो सबैलाई अवगत नै छ कि प्याज, लसुन, चिज, अम्लयुक्त खानेकुरा, कफि आदिको सेवनले पनि अस्थायी रुपमा मुख गन्हाउने गर्छ । यस बाहेक विभिन्न खानेकुराहरु दाँतमा अड्किने हुँदा मुखमै रहन्छन् । जसले सुक्ष्म जिवाणु अनुकुल वातावरण सिर्जना हुन्छ र मुखलाई हानी पुर्याउनुका साथै गन्हाउने समस्या निम्त्याउँछ ।

सूर्तिजन्य पदार्थको सेवन– चुरोट, खैनी बिंडी, पान, गुट्खा लगायतका सूर्तिजन्य पदार्थको सेवन गर्नाले पनि सास गन्हाउने सामस्या आउन जान्छ । यसका साथसाथै यी पदार्थले विभिन्न रोग निम्त्याउने गर्छन् । गिजाका रोगहरु, मुखको क्यान्सर आदिका कारण पनि मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

मुख स्वास्थ्यमा ध्यान नदिनाले– जो मनिस नियमित रुपमा दाँत माझ्दैन, विशेष गरी दुई दाँत बिचको फोहोर सफा गर्न बनाइएको रेशमको काँचो धागोको प्रयोग गर्दैन, मुख कुल्ला गर्दैन र जसको मुखमा दन्तलेउ र दन्तपत्थर जम्मा हुन थाल्छ । यस्तो अवस्थामा सास गन्हाउने समस्या बढी हुन्छ ।

अन्य रोगहरु– पिनाशको रोग, निमोनिया, गलाको संक्रमण, डायबिटिज, पेटका रोगहरु, कलेजोका रोगहरु, मृगौलाका रोगहरु आदि भएको अवस्थामा पनि मुख गन्हाउने समस्या देखिने गरेको पाइन्छ ।

मुख सुक्खा हुने अवस्था– मुखमा र्यालको ग्रन्थिबाट र्यालको मात्रामा कमी भएपछी मुख सुक्खा गर्छ । यस्तो अवस्थामा छिन–छिनमा पानी तिर्खा लाग्ने, घाँटी सुक्खा भएको महसुश हुने, नाक सुक्खा हुने गर्छ । साथसाथै सुक्खा मुख भएका मानिसलाई श्वास गन्हाउने समस्याले पनि सताउने गर्छ ।

गर्भावस्थामा– गर्भवती हुनाले नै मुख गन्हाउने भने होइन तर यस कारण वाकवाकी लाग्ने, उल्टी हुने, शरिरमा पानीको मात्रा कम हुने, शरिरभित्रको रसायनिक तत्व वा हार्मोनको कारणले गर्दा श्वास गन्हाउने गर्छ ।

यी समस्याबाट छुट्कारा पाउन के गर्ने त ?

दिनमा दुईचोटी दाँत माझ्नुका साथसाथै जिब्रोलाई पनि सफा राख्नु अत्यावश्यक छ । दाँत मझ्ने ब्रस वा जिब्रो सफा गर्नेको नियमित प्रयोग गर्न सकिन्छ । रेशादार खानेकुराको सेवन गर्ने, खानेकुरालाई दाँतमा