नेपाली निर्माण कामदार युनियनकाे आयाेजनामा हङकङमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईएकाे छ ।

received_424517156862045

युनियनका अध्यक्ष हाेमबहादुर गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा फेडरेसन अफ हङकङ काउलुन लेबर युनियनकी उपाध्यक्ष तथा लेबर एड्भाईजरी बाेर्डकी सदस्य जेनि टाम प्रमुख अतिथि रहेकी थिईन् । उनले श्रमिकका हक हितका लागि भईरहेका काम बारे सम्बाेधन गरेकी थिईन् ।

काउलुन युनियनकै सर्भिस डाईरेक्टर ओेस्कर लि समेत सहभागी रहेकाे कार्यक्रममा अतिथिहरुले श्रमिकहरुकाे हक अधिकारका विषयमा बाेलेकाे नेपाली निर्माण कामदार  युनियन  हङकङका सचिव  रित बहादुर गुरुङले जानकारी दिए ।

चुम्लुङ हिम जाेर्डनमा आयाेजीत कार्यक्रममा सत्यप्रसाद घले, चुनि थापा, कल्पना राई, तुलाजंग गुरुङ, माेहनबहादुर राना लगायत उपस्थित थिए ।