दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ।

मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए। 

उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन्।अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ। 

स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार रअनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन्। राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ।अहिले करिब ५सय जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन्।