लिम्बू समुदायकाे साझा संस्था किरात याक्थुङ चुम्लुङ हङकङकाे कार्यकारी अध्यक्षकाे पद शम्सेर तुम्बाहाङ्फेलाई हस्तान्तरण गरिएकाे छ ।

मंगलबार आयाेजीत विशेष कार्यक्रममा चुम्लुङका अध्यक्ष शेरबहादुर लक्सम्बाले तुम्बाहाङ्फेलाई पद हस्तान्तरण गरेका हुन् ।

चुम्लुङकाे सन् २०२३ मार्च ३० मा भएकाे १३ औ महाधिवेशनमा तीन वर्षे कार्यकालका लागि २ जना अध्यक्ष चयन गर्ने सहमति भएकाे थियाे । साेहि सहमति अनुसार पहिलाे अध्यक्ष भएका लक्सम्बाले मंगलबार तुम्बाहाङ्फेलाई कार्यकारी अध्यक्षकाे पद हस्तान्तरण गरेका हुन्छ ।

IMG_20240501_224119

अध्यक्ष मण्डलका सदस्यहरु भुपेन्द्र चेम्जोङ, ईन्द्र वनेम, प्रदीप कन्दङ्वा, हेम लिम्बू र जीवन मेन्याङ्वाेकाे उपस्थितिमा पद हस्तान्तरण गरिएकाे हाे । दुवै अध्यक्षले एक अर्काकाे कार्यकारी अवधिमा अध्यक्षकाे हैसियतमा सहयाेग गर्ने सहमति भएकाे थियाे ।