इनरुवा । भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको विरुद्धमा सुनसरीको गढी गाउँपालिकामा स्थानीयले बुधबार धर्ना दिएका छन् । छाया सरकार विपक्षी गठबन्धन नाम दिएका स्थानीयहरु गाउँपालिकाको भ्रष्टाचार अनियमितता र ढिलासुस्ती विरुद्ध धर्नामा बसेको समितिका सदस्य विद्यानन्द यादवले जानकारी दिए । आन्दोलित स्थानीय पूर्व घोषित कार्यक्रमअनुसार धर्नामा बसेको स्थानीय श्रवण यादवले बताए । गाउँपालिकामा नातावाद, कृपावाद बढेको, कमिसन र घुसखोरीको सीमा नाघेको, कर बढाएको, कर्मचारी र जनप्रतिनिधि भ्रष्टाचार र ढिलासुस्तीमा लिप्त भएको कारण आफूहरु आन्दोलित बनेको नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल प्रतिपक्षी सङ्घर्ष समितिका संयोजक कुशेश्वर खेरवारले बताए । धर्नाका कारण गाउँपालिकाको काम प्रभावित भएको स्थानीय सुरेन्द्र चौधरीले बताए ।