संखुवासभा । बाल गीति एल्बम पाइला सफलताकोमा समावेश भएको गीत साना साना नानीको शब्द भिडियो आज युट्युबमा सार्वजनिक भएको छ । जिल्ला बाल क्लब समनवय समिति संखुवासभाले गत बर्ष निर्माण गरेको एल्बम पाइला सफलताकोमा यो गीत समावेश गरेको थियो । संखुवासभा चिचिला गाउँपालिका २ का १४ बर्षिय नव बाल गायकको श्वरमा यो गीत निर्माण भएको हो । गीत बाल अधिकारकर्मी सुजन अधिकारीले लेखेका हुन । बालबालिकाको गायन क्षमताको विकासका लागि बाल क्लब समन्वय समितिले एल्बम निर्माण गरेको तत्कालिन अध्यक्ष खेवाहाङ मेवाहाङले बताए । उनका अनुसार एल्बम निर्माणको लागि देश तथा विदेशबाट आर्थिक सहयोग संकलन गरेका थिए ।

गायक तथा संगीतकार सुरेन्द्र पुलामीले संगीत तथा संगीत संयोजन गरेको गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौमा रेकर्डिङ गएिको थियो । भिडियो सुरशाला इन्टरटेन्मेन्टद्वारा सार्वजानिक भएको छ ।