गुडिरहेको कारमा मेकअप गर्दा थाइल्याण्डमा एक भयानक दुर्घटना भएकाे  छ । एक महिलाले मेकअप गरिरहेका बेला कारमा एक्कासी ब्रेक लगाउँदा अाइब्राे उनकाे आँखामा  छिरेको छ ।

अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी महिला आफ्नो साथीको घर जानका लागि एउटा ट्याक्सीमा सवार थिइन् । तर बाटोमा अत्यधिक ट्राफिक जामका कारण ट्याक्सी बिस्तारै गुडिरहेको थियो ।

स्रोतका अनुसार ट्राफिक जाममा टाइम पास गर्नका लागि महिला मेकअप गर्न थालिन् । यसैबीच ट्याक्सी पिकअपसँग ठोक्कियो जसका कारण महिला अगाडि हुत्तिइन् जसका कारण उनका हातमा भएको आइब्रो पेन्सिल उनको बायाँ आँखाभित्र छिर्यो । उनलाई तुरुन्त अस्पताल पुर्याइयो ।

डाक्टरका अनुसार सौभाग्यवश, उक्त आइब्रो पेन्सिलले उनको आँखाको संवेदनशील अंगलाई खराब नगरेका कारण उनी केही दिनमा नै ठिक हुनेछिन् । डाक्टरले पेन्सिलको आधा भाग नै आँखाभित्र छिरेका कारण आँखाबाट रगत बगेको र नाकबाट पनि थोरै रगत निस्किएको जानकारी दिए । अहिले उनी खतरामुक्त रहेको बताइएको छ ।