चलचित्र ‘पुरानो बुलेट’को छांयाकन शुभारम्भ

alt
  • असार १६, २०७५
  • ४९ पटक पढिएको
  • ब्लाष्ट खबर

पथरीशनिश्चरे नगरमा स्थापीत क्रेजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को सम्पूर्ण कार्य सकेर  छांयाकनको सुरु गरेको छ । फिल्मको शनिबार काठमाडौंबाटै छायांकन शुभारम्भ भएको निर्माण पक्षले जनाएको छ । काठमाडौंको बिभिन्न स्थानमा छायांकन सकेर पुरानो बुलेट निमार्ण टिम पूर्वाञ्चल प्रदेश नं. १ तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले बताए । यस्तै चलचित्रको निर्माण नियन्त्रक याम प्रसाद ओलीले भने 'हाम्रो प्रि पोडक्सनको सम्पूर्ण कार्यहरु सकिएको छ । यस्तै कलाकारहरु पनि तम्तयार छन्, मात्र फ्लोचरमा जान बाँकी हो ।'

चलचित्रमा कलाकारहरु अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्नेछन् । यस्तै निर्माताहरुमा अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् । हरि घले लामाले खिच्ने यस चलचित्रको टाइटल सङ जयन जे वाइले तयार पारेका हुन् । सन्तोष राई र भीषणको राई कथा, उत्तमजंग लिम्बुको संगीत, राजेश पायल राई, मेलिना राई र जयन जे वाइवाको स्वर रहेको छ ।

सूचना प्रविधि मन्त्र

धरान । एनालग प्रणालीको टेलिभिजन बन्द गर्ने सरकारी निर्ण

निमित्त उपकुलपति खना

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्

फरार पूर्वप्रहरी एसप

भीमदत्तनदगर / कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved