ताप्लेजुङको मुक्लुमलुङ(पाथीभरा) मा केबलकार निर्माण गर्ने पक्षबाट सुरक्षाकर्मी (सरकार) र निर्माण हुनुहुँदैन भन्ने अर्को पक्षबीच भएको झडपमा दुवै पक्षका दर्जनौंै घाइते भएको अवस्था छ भने यसले मुलुकभरि नया“ अनि तात्तातो बहस सिर्जना गरेको छ । केबलकार निर्माण गर्र्ने भनेपछि त्यसका सम्बन्धमा सकारात्मक तथा नकारात्मक दुवै खालका प्रतिक्रियाहरु आएका छन् ।

निजी घरानाका व्यवसायीहरुबाट निर्माण हुन लागेको केबलकार एउटा उद्योग हो, जसले रोजगार, सरकारलाई आम्दानी, मनोरञ्जनलगायतका कुराहरु प्रदान गर्दछ । तर यसो भन्दैमा केबलकार निर्माण भइसकेपछिका परिणामहरु के के हुन सक्छन् भन्ने कुरा केबलकारको फिजिबिलिटी अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनले मात्रै निष्कर्ष निकाल्न सकिँदैन । यसको विपक्षमा लाग्ने आन्दोलनकारीहरुले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको दोहन हुने भनेर विरोध सुरू गरेका हुन् । तर केबलकार निर्माण हु“दा उपरोक्त तीन कुराहरुका अलावा वन मासिने, भू–क्षयको खतरा, जीवजन्तुलाई असर र प्राकृतिक मनोरम दृश्य कुरुप बनेर जाने निश्चित छ । त्यति मात्रै हैन, ताप्लेजुङको उक्त स्थानमा निर्माण हुने केबलकारले सांस्कृतिक सम्पदाको क्षयीकरणका साथै रोजगारीको अवसरलाई पनि सीमित तुल्याउ“छ । पाथीभरा मन्दिरसम्म पु¥याउनका लागि हालका दिनहरुमा मान्छे र सामान बोक्ने सयौं भरिया जसले आफनो रोजीरोटी चलाइरहेका छन्, उनीहरु विस्थापन हुने कुरा निश्चित छ ।

यी सबैकुरा बाहेकका अन्य समस्याहरु रह“दा रह“दै पनि यसका सकारात्मक पक्ष नभएका भने हैनन् । आर्थिक फाइदाका साथै त्यो क्षेत्रमा हुने चहलपहलले पर्यटन व्यवसाय फस्टाउनुका साथै वरिपरिका जमिनको मूल्य बढ्ने, समय कम लाग्ने कुरा सकारात्मक पक्ष हुन् । विना लगानी कतै थन्केको पैसा बाहिर निस्की केबलकार निर्माणका लागि खर्च हुने भएपछि निर्माण व्यवसायीहरुदेखि विभिन्न क्षेत्र लाभान्वित हुने अवसर पनि हो । स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्ने अवसर पनि हो । केबलकार बिजुलीबाट चल्ने भएकोले यसको अर्को सकारात्मक पक्ष यसबाट कार्बन उत्सर्जन हु“दैन भन्ने हो । सकारात्मक नकारात्मक पक्ष जुनसुकै विषयमा हुन्छन् । यस्तो सार्वजनिक चासो र महत्वको योजना खासमा सरकार आफैले ५१ प्रतिशत शेयर राखेर बा“की ४९ प्रतिशत जनताबाट लगानी उठाई बनाउनु पर्ने हो । आफैले बनाउन सकिँदैन भने खुल्ला प्रतिस्पर्धाद्वारा इच्छुक कम्पनीहरुलाई स्वीकृति दिनुपथ्र्यो तर यसमा किन प्रतिस्पर्धा गराइएन भन्ने अहम् प्रश्न यो हो । प्रश्न के हो भने  चन्द्रागिरी केबलकार सञ्चालन गर्ने चन्द्र ढकाल नेतृत्वकै समूहले नै पाउनु पर्ने ? प्रश्न के हो भने एउटै समूहलाई मात्रै राज्यको महत्वपूर्ण स्थानमा केबलकार निर्माण गर्न दिनुपर्ने हो ? लगानीको पारदर्शिता के हो ? आदि विषयमा बहस छलफल गरी निक्र्यौलमा पुग्नुपर्छ । अरु व्यवसायी घरानालाई पनि जनताको शेयरसहित लगानी गर्ने गरी केबलकार निर्माण गर्ने अवसर दिनुपर्छ । पछि सबैलाई चुप बनाउन हतार–हतार निर्माण सुरू गरेर त्यो १५ महिनाभित्र बनाउने भनेर कम्मर कसिनुको पछाडिको अर्थ बुझ्न गाह्रो छैन ।