श्री शालवाहनीय शाके १९४६ ने. सं. ११४४ वि.सं. २०८१ साल जेठ  २१ गते सोमबार, ३ जुन २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि भोलि ००ः३७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अश्विनी भोलि ००ः२१ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला । केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ । साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा ठूलै फड्को मार्न सकिनेछ । मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयस्रोतसमेत बढ्ने समय छ । सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ । तापनि मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । सहयोगीहरूले साथ दिए पनि काममा स्वयम् सक्रिय रहनुपर्ला।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ । तत्काल लाभ नभए पनि पछि फाइदा हुने काम प्रारम्भ होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ।