श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं. २०८१ साल वैशाख ४ गते मङ्गलबार, १६ अप्रिल २०२४, कालयुक्त संवत्सर। चैत्र शुक्ल पक्षको अष्टमी तिथि  १३ः३८ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुष्य भोलि ०५ः२७ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३८ बजे र सूर्यास्त ०६ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने मित्रताको बन्धनसमेत कसिलो हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धीहरूले सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ । सानो प्रयत्नले ठूलो काम बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै काममा सम्झौता गर्ने समय छ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखार आउनेछ। मान–सम्मान पनि प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । सानो प्रयासले ठूलो काम बन्नेछ । कर्मफल सञ्चय गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनग्य धन आर्जन गर्न सकिनेछ । पहिलेको सफलताले उत्साह जगाउने र दैनिकीमा पनि परिवर्तन आउनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको प्रस्ताव आउनेछ।आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनु पर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने काममा अलमलिनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयस्रोत बढाउन सकिनेछ । व्यापारमा अड्किएको रकम उठ्नेछ । भविष्यका लागि केही लगानी बढाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ।