श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत १७ गते शनिबार, ३० मार्च २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्ण  पक्षको पञ्चमी तिथि २१ः३५ बजे सम्म, उप्रान्त षष्ठी, नक्षत्र अनुराधा २२ः२२ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः५६ बजे र सूर्यास्त ०६ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताको बन्धन कसिनेछ । दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन् । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नियमित काम सम्पादन हुनेछन् । रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठा जोगाउन सफल भइनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ सङ्ग्रहमा बाधा पुग्न सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गरे समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ । दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि राम्रो लाभ उठाउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला । साथीभाइ टाढिनेछन् । परिवारजनलाई समय दिनुपर्ने हुनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ।