श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि. सं. २०८० साल चैत १३ गते मङ्गलबार, २६ मार्च २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्णपक्षको प्रतिपदा तिथि १५ः११ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र हस्ता १३ः४६ बजेसम्म, उप्रान्त  चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः०० बजे र सूर्यास्त ०६ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । कर्मयोगले भविष्यको बाटो समाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा प्राप्त गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिबाट लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ।मान्यजनको सुझावले लाभ हुनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।