फागु पूर्णिमाको अवसरमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदी बजारमा ‘प्रथम चाँदीबजार सांगीतिक उत्सव’ हुने भएको छ ।

आईतबार र सोमबार विभिन्न कलाकारको उपस्थितिमा सांगीतिक उत्सव हुने भएको हो । चाँदीबजार व्यवस्थापन समिति र मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने सांगीतिक उत्सवमा गायक कृष्णभक्त राई, सुनिता थेगिम, जुनि खालिङ राई र हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) सहभागी हुने बताइएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुको सांगीतिक तथा नृत्य प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।