श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन २८ गते सोमबार, ११ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन शुक्लपक्षको प्रतिपदा तिथि १४ः०३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरभाद्र २३ः२९ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः१७ बजे र सूर्यास्त ०६ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसर प्राप्त हुनुका साथै थप स्रोत फेला पर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।पुरुषार्थी काम प्रारम्भ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनसक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । तत्काल फाइदा उठाउन नसकिएला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । धेरै समय अरूका लागि जुट्नु पर्नेछ । लक्ष्यमा पुग्न सङ्घर्ष गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ । कामको चाप बढ्नेछ । शरीर कमजोर रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ।