श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक १३ गते सोमबार, ३० अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक कृष्ण पक्षको द्वितीया तिथि २२ः४१ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र कृतिका भोलि ०४ः१६ बजेसम्म, उप्रान्त  रोहिणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः१२ बजे र सूर्यास्त ०५ः२१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनग्य धनलाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेसा–व्यवसायमा फाइदा हुनेछ। परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काममा जग बसाउने मौका छ । समस्या सल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्जित द्रव्य अरूलाई दिने नभई भिœयाउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । तर, स्वास्थ्य कमजोर हुनाले काममा विलम्ब हुन सक्छ ।