विगत नौ वर्षयता प्रदान गरिँदै आएको पहिचान पुरस्कार कोषले २०७९ को लागि उत्कृष्ट आठवटा कृतिलाई अन्तिम छनोट गरेको छ । 

कोषले एक विज्ञप्ति जारी गर्दै प्राप्त कृतिमध्ये आठवटा कृतिलाई अन्तिम छनोट गरेको हो । छनोट भएका पुस्तकमा प्रगति राईको थाङ्ग्रा, जानुका खतिवडाको आतोओडा, करुणा राईको रसिया राग, मन्जुल मितेरीको कामी, प्रकाश गुरागाईंको जङ्कसन पीपलबोट (नयाँ सडकको कथा), पराजित पोमुको मद्वारा मेरो निर्माण रहेका छन् ।

यस्तै श्रीभक्त खनाल र खेमराज रानाको तीन फरक विषय (फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जङ्गबहादुर साथै डा. नवराज केसीको शून्यको मूल्य (सास, साहस र स्नेहको कथा) छनोट गरिएको छ । 

विज्ञप्तिका अनुसार यसअघि नौवटा कृतिहरूलाई पहिचान पुरस्कार वितरण गरिसकिएको छ । पहिचान पुरस्कारको राशि चार लाख २ हजार दुई रुपैयाँ रहेको छ । नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार रहेको छ । यसका संस्थापक युद्ध साहित्यकार नरेश काङ्माङ राई रहेका छन् । उनका अनुसार उत्कृष्ट कृति र कृतिकारको छनोट एक महिनापछि हुनेछ ।

pahichan