श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल भदौ ३१ गते आइतबार, १७ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर। भाद्र शुक्लपक्षको द्वितीया तिथि  ११ः२२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र हस्ता १०ः१२ बजेसम्म, चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः४९ बजे र सस्र्यास्त ०६ः०६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरका साथै चुनौतीसमेत देखापर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम गर्ने मौका आउला। प्रतीक्षित नतिजा सबल नै रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दोहो¥याएर प्रयत्न गरे काम सम्पन्न गर्न सकिनेछ। हतारको निर्णयले हानि हुनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। केही मतभेद देखिए पनि मित्रजनको सहयोगले काम बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने हुनसक्छ। प्रतिस्पर्धामा उत्रनु पर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। साथै हातमा आएको फाइदा गुमाउनुपर्ला।