१ नम्बर प्रदेश स्तरीय वाइवाइ एसइई स्टेट १ सिङ्गीङ आइडल सिजन २ को बिजेता छिरिङ तामाङ र  डान्सिङ स्टार सिजन १ की बिजेता  नुमा लिम्बू  बनेका छन् ।

फक्ताङलुङ अनलाइन टिभीको आयोजना गरेको उक्त कार्यक्रमको शुकबार धरान१५ स्थित चुम्लुङ भवन भएको फाइनलमा धरान १८ स्थित कार्मेल हाइस्कुलका छात्र  तामाङ  सिङ्गीङ आइडल सिजन २  बिजेता भएका हुन् ।  धरान–१६ स्थित जेनिथ स्कुलका रिजन लोहनी फस्ट रनरअप र धरान १५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलकी गनु राई सेकेण्ड रनरअप बनिन् ।

एउटै मञ्चमा भएको दुबै कार्यक्रमको नृत्य तर्फ डान्सिङ स्टार सिजन १ मा विजय हुने लिम्बूले  सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोकबाट एसइई  दिएकी थिइन् ।  धरान १० स्थित युएन स्कुलकी नियति राना मगर फस्ट रनरअप र धरान १२ स्थित सुनाखरी एकेडेमीकी प्रकृति खापुङ सेकेण्ड रनरअप बनिन् ।

विजेता छिरिङले र नुमाले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् भने,  दुबै  गायन तथा नृत्य तर्फका फस्ट रनरअप र सेकेन्ड रनर अपले  क्रमशः ३० हजार रुपैयाँ नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति र तेश्रो हुनेले १५ हजार रुपैयाँ नगद र प्लस टु पढ्न ५० छात्रवृत्ति प्राप्त गरेका छन् ।

बिजेता, उपविजेता तथा तेस्रो हुनेहरूलाई आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापो, सल्लाहकार राम लिम्बू, सिजी फुडस नेपाल (वाइवाइ) प्रदेश १ का सहप्रबन्धक रविन्द्र मास्के, धरान प्रतिनिधि लिलानाथ ढुङ्गाना, होटल पिस पोखराका सञ्चालक मित्र तिवारी, युएन कलेजका होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, इभेन्ट म्यानेजर तिर्थ कार्कीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

 प्रतियोगिताको निर्णायकमा गायनतर्फ भ्वाइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बू र विनायक राई थिए भने नृत्यतर्फ छमछमी सिजन ३ कि फस्ट रनरअप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम साम्वाहाम्फे र लोक श्रेष्ठ रहेका थिए ।

प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । 

फाइन प्रतिस्पर्धामा प्रदेश नम्बर १ भरीबाट ३ सय बढी सहभागिहरूबाट विभिन्न चरणबाट छनोट भइ अन्तिम १०र१० जना छनौट भएका थिए ।